लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तोकेभन्दा भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कानूनी दायरामा ल्याउन गृहमन्त्रालयले निर्देशन

IMG

२०७८ पुष १८, तिलोत्तमा सिटी।  चिकित्सा शिक्षा आयोगले तोकेभन्दा भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कानूनी दायरामा ल्याउन गृहमन्त्रालयले निर्देशन दिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लासहित १२ जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै छानबिन गरी बढी शुल्क लिएको पाइएमा कानूनी कारबाही गर्न गृहमन्त्रालययले निर्देशन दिएको हो । काठमाडौं उपत्यकाका तीन जिल्लासहित मोरङ, सुनसरी, धनुषा, पर्सा, चितवन, कास्की, रुपन्देही,बाँके र जुम्मा प्रशासन कार्यालयलाई पत्र लेख्दै बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाहीको दायारमा ल्याउन भन्दै गृहले पत्राचार गरेको स्रोतले जानकारी दियो । 


बढी शुल्क लिएको विषयमा विद्यार्थीहरु आन्दोलन गर्दै आएकोमा उक्त विषय छानबिन गर्न र तोकिए भन्दा बढी शुल्क लिएको पाइएमा कारबाही गर्न त्यसको जानकारी मन्त्रालयमा पठाउने भन्दै निर्देशन दिइएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगलाई बोधार्थ दिँदै गृहले १२ जिल्ला प्रशान कार्यालयलाई पत्रचार गरेको छ ।

कमेन्ट गर्नुहोस्