लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आँखामा लाग्न सक्छन् यी रोगहरु

IMG

 २०७८ पुस १६, तिलोत्तमा सिटी।

 मोतीविन्दु

आँखाको कालो नानीभित्र रहेको लेन्समा सेतो बादल जस्तो देखिनुलाई  मोतिविन्दु भनिन्छ। 


कसरी पत्ता लागाउने?

आँखा  नदुख्ने तर विस्तारै दृष्टि  धमिलो भई टाढाको वस्तु छुट्याउन गाह्रो  भएमा।

आँखा भित्री नानी सेतो देखिएमा। 


रोकथाम  तथा उपचार कसरी गर्ने ?

यदि आँखा धमिलो बन्दै गएमा अस्पताल नानेर डाक्टरसँग सल्लाह गर्ने।  आँखाको नियमित रुपमा उपचार गर्ने। शल्यक्रिया मोतिविन्दूको एकमात्र उपचार हो।


जलविन्दू 

आँखाको चापमा वृद्धि भई दृष्टिनशालाई असर पार्न रोगलाई जलविन्दू भनिन्छ। यो रोगको समयमै उपचार नभए आँखाको दृष्टि सदाको लागि गुम्न सक्छ। जलविन्दूले थाहा नदिई आँखाको दृष्टि गुम्न सक्छ। 


कसरी थाहा पाउने जलविन्दु?

आँखा रातो भई दुखेमा, घाममा हेर्न गाह्रो हुने वा बत्तिमा हेर्दा इन्द्रेणी जस्तो देखिएमा। 

बालबालिकाहरुको आँखा सामान्य भन्दा ठूलो देखिएमा। 

टाउको दुख्ने, वाक–वाक लाग्ने वा वान्ता हुने भएमा। 


रोकथामका उपाय

औषधि प्रयोग गर्ने 

लेजरबाट पनि निको हुन सक्छ  

शल्यक्रिया 


मधुमेहले गर्दा आँखाको पर्दामा हुने असर 

मधुमेहले आँखाको पर्दामा पार्ने असरलाई डायबिटिज रेटिनोप्याथी भनिन्छ। जसको कारणले दृष्टि गुम्न सक्छ। 


यो रोग कसरी पत्ता लगाउने? 

दृष्टि क्षमता कम हुँदै गएमा 

आँखाको अगाडि कालो थोपाहरु (भुसुना) देखिएमा। 


रोकथाम कसरी गर्ने?

-    शरिरमा चिनीको मात्रा नियन्त्रण गर्ने, दृष्टि बचाउने 

-    आँखामा सुई लगाएर  

-    लेजर 

-    शल्यक्रिया गरेर 

आँखाको नानीमा  घाउ हुनु 

-  चोटपटक एवं किटाणुको संक्रमण तथा अन्य कारणले आँखाको नानीमा हुने सेतो फुलो जस्तो घाउलाई आँखाको  नानीमा हुने घाउ भनिन्छ। 


कसरी हुन्छ?


-    खेतबारीमा काम गर्दा बोट विरुवाको पातले नानी घोचेमा  वा नानीमा चोटपटक लागेमा। 

-    पोषण तत्व कमि भई कुपोषण भएमा बालबालिकाहरुमा। 

-    आँखाको नानी संक्रमण भएमा 


कसरी थाहा पाउने ?

-    आँखा  रातो भई नानीमा सेतो फुलो देखिएमा 

-    आँखा  दुखी घाम वा उज्यालोमा हेर्न गाह्रो भई आँसु आउने भएमा 

-    आँखाले धमिलो  देखेमा 


रोकथामका उपाय 

-    काम गर्दा सावधानी अपनाउने 

-    बालबालिकालाई भिटामिन ए युक्त खानेकुरा खुवाउने  र बालबालिकालाई धारिलो वस्तु नदिने 

-    आँखामा घाउ आयो भने छिटो अस्पताल जाने समयमै उपाचार नगराए आँखाको ज्योति गुम्न सक्छ। 


नवजात शिशुमा आँखा पाक्ने रोग 

नवजात शिशुको (जन्मेको २८ दिनभित्र) आँखामा पहेलो पिप जस्तो कचेरा देखिने, आँखा रातो हुने तथा सुनिने रोगलाई नवजात शिशुमा हुने आँखा पाक्ने रोग भनिन्छ। यो रोग यौनजन्य संक्रमण भएका आमाबाट शिशु जन्मेमा, सुरक्षित प्रसुति नगराएमा, शिशु जन्मने बेलामा आँखामा चोटपटक लागेमा हुन सक्छ। 


रोकथामका उपाय 

-    नियमित गर्भावस्थामा परीक्षण गर्ने 

-  सुरक्षित तथा संक्रमण रहित स्थानमा तालिम प्राप्त स्वास्थ्यकर्मीद्वार प्रसूति गराउने 

-   जन्मने बित्तिकै आँखामा औषधिको प्रयोग गर्ने  

- यस्तो अवस्थामा यथाशक्य छिटो स्वास्थ्य संस्था तथा आँखा उपचार केन्द्रमा गई उपचार गराउनुपर्छ। अन्यथा सधैको लागि ज्योती गुम्न सक्दछ। 


आँखाको आपतकालिन अवस्था 

आँखामा लाग्ने रोग वा चोटपटक जसको उपचार समयमै गरिएन भने सधैको लागि आँखाको ज्योती गम्ने अवस्थालाई आँखाको आपत्कालीन अवस्था भनिन्छ। 


कसरी हुन्छ?

-    आँखामा रासायनिक पदार्थहरु परेमा वा चोटपटक लागेमा 

-    आकस्मात् देख्न कम हुने रोगहरु जस्तै आकस्मात् हुने जलविन्दू, मध्य पत्रको संक्रमण, आँखाको पर्दा उप्किने आदि भएमा। 

-    नवजात शिशुको आँखा पाकेमा। 

-    आँखाभित्र पिप वा रगत देखिएमा। 

-   आँखा रातो भई घाम वा बत्तिमा हेर्न गाह्रो हुने, आँशु बगिरहने भएमा। 

-  आँखाको नानी र भित्री भागको संक्रमण भएमा। 


रोकथाम गर्ने तरिका 

यस्तो बेला चेक नगराई औषधि राख्ने, मिच्ने तथा जडिबुटिको प्रयोग गर्न  हुँदैन। यथाशक्य छिटो  स्वास्थ्य  संस्था तथा आँखा उपचार केन्द्रमा गई उपचार गराउनु पर्दछ। अन्यथा सधैंको लागि ज्योती गुम्न सक्दछ। 


आँखामा हुने चोटपटक 

आँखामा कुनै बाह्य वस्तुले चोट लागी आँखामा देखिने असरलाई आँखामा हुने चोटपटक  भनिन्छ। जसले गर्दा आँखा दुख्ने, धमिलो हुने रातो हुने हुन्छ। 


कसरी हुनसक्छ?

घरायसी काम गर्दा, खेतबारीमा काम गर्दा, उद्योग तथा कलकारखानामा काम गर्दा सावधानी नअपनाएमा।

बालबालिकाहरुलाई तीखो र धारिलो वस्तु दिएमा 


रोकथाम गर्ने विधि

आँखामा रासायनिक पदार्थ  पर्दा सफा पानीले आँखा धुनु पर्दछ। यस्तो अवस्थामा आँखा मिच्ने, औषधि तथा पडिबुटीहरु राख्नु हुँदैन। 


अल्छी आँखा 

आठ वर्ष भन्दा कम उमेरमा मोतिविन्दु, दृष्टिदोष, डेढो आँखा  रोगहरुको  उपचार नगराएर दृष्टिमा राम्रो विकास हुन  नपाई दुवै वा कुनै एक आँखाले वस्तुहरु सफा देख्न नसक्ने अवस्था अल्छी आँखा हो। 


कसरी थाहा पाउने? 

-    कुनै एक वा दुवै आँखा छड्के भएमा 

-    बच्चाले अशुद्व लेख्ने गरेमा। परिवारका सदस्यमा कसैले सानैबाट चस्मा लगाएमा। कुनै एक  वा दुवै आँखाको माथिको ढकनी तल झरेमा। 

-    समयमै डाक्टरको सल्लाह लिने 

बिद्यालय जानुभन्दा पहिला आफ्नो बच्चाको दृष्टि जँचाउनुपर्छ। 


न्यून दृष्टि 

आँखामा दृष्टिमा कमी आई औषधि, चश्मा वा शल्यक्रियाबाट  पनि दृष्टि सामान्य अवस्थामा फर्काउन नसकिने  अवस्थालाई न्यून दृष्टि भनिन्छ।


कसरी थाहा पाउने?

-    आँखाको डल्ला ÷नानी सामान्य भन्दा सानो भएमा। 

-    कुनै बस्तु वा अक्षर निकै  नजिक राखेर  हेर्नु परेमा।

-    मसिना अक्षर चस्मा लगाउदा पनि सफा नदेखेमा। 

-    यस्तो लक्षण देखा परेमा नजिकको अस्पतालमा गएर उपचार गराउनुपर्छ। 


के हो  दृष्टि दोष?  

हाम्रो आँखाको देख्ने क्षमतामा कमी भई टाढा वा नजिकको वस्तु राम्रोसँग देख्न नसक्ने अवस्थानै दृष्टि दोष हो।


कसरी थाहा पाउने ? 

-    नजिक टाढा वा दुवै दुरीका बस्तुहरु धमिलो  देख्ने भएमा। 

-    आँखा खुम्च्याएर (चिम्सो बनाएर )  हेर्दा  राम्रो देख्ने भएमा।

-    टिभि नजिकै गएर हेरेमा कुनै वस्तुलाई हेरिरहँदा आँखा बाङ्गो हुँदै गएमा। 

-   बारम्बार टाउको दुख्ने गरेमा।

-    माथिका लक्षण देखा परेमा तुरुन्त अस्पताल गएर आाँखा  जाँच गर्ने र डाक्टरको सल्लाह लिने। 

कमेन्ट गर्नुहोस्