
तिलोत्तमा सिटी,१६ पौष २०७८। पब्लिक हेल्थ फाउण्डेसन लुम्बिनीले आयोजना गरेको एक दिने निः शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।तिलोत्तमा नगरपालिका वडा नं ९ केउलानीमा रहेको गौतम बुद्ध मा.विमा आयोजना गरिएको निः शुल्क आँखा उपचार तथा जनरल फिजिसियन शिविर कार्यक्रम सम्पन्न भएको हो । जनस्वास्थ्यकर्मिहरुको समुहद्धारा लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाबाट सञ्चालीत यस संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्येश्यका साथ उक्त शिविर सञ्चालन गरेको हो । सो शिविरबाट करिब २ सय जना लाभान्वीत भएको संस्थाका अध्यक्ष शिसिर पाण्डेले जानकारी दिए ।कार्यक्रममा सोही विद्यालयका विद्यार्थी एवं स्थानीयलाई चिकित्सको सेवासहित निः शुल्क औषधी प्रदान गरिएको थियो ।
जसमध्ये आँखा सम्बन्धी सेवाको लागि लुम्बिनी आँखा उपचार केन्द्र मणिग्राम तथा के.सी अप्टिकल्स तथा आँखा उपचार केन्द्र बुटवलका डा. अमित के.सी रहेका थिए भने फिजिसियनको रुपमा चौराह हस्पिटल प्रा.लिका डा. सरोज थापा रहेको थिए । कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहेका तिलोत्तमा नगरपालिका वडा नं ७ का वडाध्यक्ष दुर्गा प्रसाद पाण्डेले यसप्रकारका शिविरले जनमानसमा स्वास्थ्य सम्बन्धी चेतनाको विकास गर्ने बताए । सबैजना आफ्नो स्वास्थ्य अवस्थाबारे जानकार हुनुपर्नेमा जोड दिँदै उनले प्रभावकारी शिविर कार्यक्रमको आयोजना गरेकोमा आयोजक संस्थाप्रति आभार व्यक्त गरे ।त्यस्तै कार्यक्रममा विशिष्ठ अतिथी तिलोत्तमा ९ की कार्यवहाक वडाध्यक्ष मिस्सु साही, तिलोत्तमा नगरपालिका अन्तर्गत स्वास्थ्य शाखा प्रतिनीधी लक्ष्मी घिमिरे, गौतम बुद्ध मा.विका प्रधानाध्यापक महेन्द्र प्रसाद रिजाल लगायतले बोल्दै यसप्रकारका स्वास्थ्य शिविरले विद्यार्थी र स्थानीयमा स्वास्थ्यप्रति चनाखो रहन हौसला वृद्धि गर्ने बताएका थिए ।
कार्यक्रममा बुटवलको मेडिकेयर पोलिक्लिनीक प्रा.लि, रिसभ मेडिकल हल, के.सी अप्टिकल्स तथा आँखा उपचार केन्द्र, भैरव अप्टिकल्स हाउस, पद्यमावती फार्मा, चौराह हस्पिटल प्रा.लि, मणिग्रामको लुम्बिनी आई केयर सेन्टर र लियो क्लव अफ भलवारी युथले प्राविधीक सहयोग रहेको थियो ।कार्यक्रममा सम्पुर्ण सहयोगी संस्थालाई फाउण्डेसनका अध्यक्ष शिसिर पाण्डे र प्रमुख अतिथी दुर्गा प्रसाद पाण्डेले सम्मान पत्रले सम्मान गरेका थिए ।सो कार्यक्रम फाउण्डेसनका अध्यक्ष शिसिर पाण्डेको अध्यक्षता, सदस्य मनिषा भटराईको स्वागत तथा सचिव सुमन तिमल्सिनाको संचालनमा सम्पन्न भएको थियो ।
कमेन्ट गर्नुहोस्