लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भोको मान्छे र क्रान्ति

tillotmacitynews - 2021 Dec 28 12:28 PM
IMG

२०७८ पुस १३, तिलोत्तमा सिटी। 

भोको मान्छेको बस्तिमा

असमय निभ्छ जून

उज्यालो मै खस्छ अन्धकार

लुटिन्छ सपनाको महल

अवाक् हेरिरहेछु

वरिपरि लुटेरा नै लुटेराहरू छन्


घाम चर्किएको छैन

सुखा समय पनि हैन

सिमसारहरू टार भइसके

धाराबाट खस्दैन पानीको थोपा

तिर्खाले ब्याकुल भएर

सुक्दैछन् उर्जाशील आँतहरू


बेमौसममा आउछ बाढी

सुसेल्दै

बडारेर लान्छ भुईं मान्छेका बस्तिहरू

रित्ता सपना

रित्ता आँगन

उदांगो छाना

नांगा आँग र भोको पेट भएपछि

अब पस्नु छ

शहरका अग्ला पर्खाल भत्काएर ..!!

भोको मान्छेको बस्तिमा

बर्सन्छ सेतै तुसारो र भरिन्छ बिछ्यौना

मार्दैछ जाँगर

पलाउन गारो मान्दैछ रहर

पाखाहरू देखिन्छन् उदास र उजाड


आउदैन बसन्तको हरियाली

खुसीका पर्वहरू लिएर आउछन्

टिनका छाना उडाउने आँधिबेहेरी

भोको मान्छेको रित्तो घरमा

नांगो छ छानो

सामर्थ्य टुटेको छ

फेरि जूनको अनुहार लुकाउन


ऋतु परिवर्तन भएको छैन

तर वर्षाको समय सर्दैछ

भरिदैनन्

उष्ण समयमा पानीका पोखरीहरू

फर्कदैन समयमा हरियाली


बेमौसममा आउछ बाढी

सुसेल्दै

बडारेर लान्छ भुईं मान्छेका बस्तिहरू

रित्ता सपना

रित्ता आँगन

उदांगो छाना

नांगा आँग र भोको पेट भएपछि

अब पस्नु छ

शहरका अग्ला पर्खाल भत्काएर ..!!

कमेन्ट गर्नुहोस्