लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मोतिपुरमा लायन्स बुटवल संसारको स्वास्थ्य शिबिर,साढे ३ लाखको निशुल्क औषधी

IMG

तिलोत्तमा सिटी,१० पौष २०७८।लायन्स क्लब अफ बुटवल संसारको आयोजनामा बुटवल १७ को मोतिपुरमा बृहत स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।शिबिरमा करिब साढे ३ लाखको निशुल्क औषधि बितरण गरिएको छ बिशेषज्ञ डाक्टरहरुको सहभागितामा भएको शिबिरबाट  ३ सय जनाले स्वास्थ्य लाभ लिएको क्लवका अध्यक्ष बिकाश श्रेष्ठले जानकारी दिनुभयो ।सो अबसरमा बोल्दै कार्यक्रममा प्रमुख आतिथी सेकेण्ड भाइस गर्भनर पिएमजेएफ नवराज न्यौपानेले हामी सेवा गर्छाै भन्ने महान उद्धेश्यलाइ लायन्स क्लब अफ बुटवल संसारले पुष्टि गरेको भन्दै रचनात्मक कामको प्रशंसा गर्नुभयो ।


उहाले समाजसेवा नै सबैभन्दा उत्तम कार्य भएको बताउनुभयो । कार्यक्रममा डिस्ट्रिक चिफ एमजेएफ उमंग देबकोटा,मोतिपुर माबिका प्रअ लक्ष्मण मरासीनी,जोन चियस पर्सन बिनेश बज्राचार्य, चार्टर प्रेसिडेन्ट प्रकाश भट्टराई, मोतिपुर माबिका अध्यक्ष चन्द्र थापा ,बिवान फार्मेसीका प्रमुख दीपक ढकाल,नरेन्द्र यादव लगायतले बोलेका थिए । कार्यक्रमको संचालन सचिब गोबिन्द पाण्डेले गरेका थिए ।

कमेन्ट गर्नुहोस्