
तिलोत्तमा सिटी,१० पौष २०७८। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप ४ वटा सेवा बिस्तार भएको छ । अस्पतालमा बुधबारदेखि थप १० वटा डायलासिस वेड, ट्रमा वार्ड, भिजिटिङ पास तथा कोभिड इमेरजेन्सी सेवा सुरु गरेको हो । सेवा बिस्तारको लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले एक कार्यक्रमका बीच सुरुवात गरे । सो अवसरमा मन्त्री चौधरीले जनशक्तिको समुचित ब्यवस्थापन गर्न सके कम जनशक्तिबाट पनि धेरै सेवा प्रवाह गर्न सकिन्छ भन्ने उदाहरण लुम्बिनी प्रादेशिक अस्पतालले प्रस्तुत गर्न सफल भएको भन्दै आगामी दिनमा सेवालाई थप गुणस्तरीय बनाउदै लैजानुपर्नेमा जोड दिए । उँनले लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशकै केन्द्रको रुपमा विकास गर्ने सरकारको लक्ष्य र पूरा हुने तर्फ गएको उल्लेख गरे।
लुम्बिनी प्रदेशमा स्वास्थ्य जनशक्तिको समस्या रहेको बताउँदै मन्त्री चौधरीले बताउँदै प्रदेश लोक सेवा आयोको मुद्दा टुङ्गिन नसक्दा जनशक्ति व्यवस्थापनमा समस्या भइरहेको उल्लेख गरे।मन्त्रालयका सचिव बिकास देवकोटा लुम्बनी प्रदेशकै मूखपत्रको रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताललाई सोही अनुसार सेवा सुविधा उपलब्ध गराउने कुरामा ध्यान दिन आग्रह गरे ।अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. इन्द्र ढकाल सेवाग्राहीलाई छिटो छरिटो सुविधाका लागि ट्रमा सेन्टर सञ्चालन गरिएको बताए । उपचारका लागि बाहिर जानु पर्ने बाध्यताको अन्त्यका लागि ट्रमा सेन्टर स्थापना भएको उनले बताए । यसैगरी डायलासिसका लागि काठमाण्डौ जानू पर्ने बाध्यताको अन्त्यका लागि १० वेडको डायलासिस सेवा सुरु गरिएको बताए ।
भिजिट सवाले भिडभाड कम गर्नुका साथै उपचारमा समेत सहज हुने विश्वास व्यक्त गर्नुका साथै उपचारको दायरालाई बढाउन सहयोग गर्ने अपेक्षा गरे । अस्पतालमा आफू मेसु भएर आएको ८० दिन भित्रका उपलब्धिहरु सुनाउँदै उनले छिट्टै अनलाइन टिकटिङ र टेलि मेडिसिन सेवा सञ्चालन गरिने उल्लेख गरेका छन् । अस्पतालमा अनलाईन टिकटिङ लागू भएसँगै सेवाग्राहीले घरमै बसेर टिकट काट्न पाउनुका साथै घण्टौ लाईनमा बस्नु पर्ने अवस्थाको अन्त्य गर्ने उल्लेख गरे ।यसैगरी भिडभाडलाई समेत कम गर्ने बताए । टेलि मेडिसिन सेवाले घरमै बसेर चिकित्सकको मरामर्स पाउन सकिने उल्लेख गरे । अस्पतालले केही दिन अघि सुरु गरेको १० वेडको पेयीङ वार्डलाई अब २२ बेडमा पुर्याउने योजना बनाएको छ । नर्सिङ इन्चार्ज ज्योती पौडेलले अस्पतालमा सेवाहरु थप हुँदै गर्दा खुसीसँगै स्तरीय सुविधाको चुनौती पनि थपिएको बताइन ।
अस्पतालमा विशेषज्ञ स्वास्थ्य सुविधा थप भइरहेका बेलामा सोही अनुसारको जनशक्ति निर्माणमा दरबन्दी अभाबले असर गरिरहेको उल्लेख गरिन । अस्पतालमा स्थायी दरबन्दीभन्दा करारका स्टाफनर्सहरुको सङ्ख्या बढी रहेको र उनीहरुको क्षमतामा बिकास भए पनि सरुवा भई जाने आउने प्रक्रियाले दक्ष जनशक्तिको अभाव हुने उल्लेख गरिन् ।
कमेन्ट गर्नुहोस्