लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गौतम बुद्ध सामुदायिक मुटु अस्पताल अध्यक्षमा पुनः आलम

IMG

तिलोत्तमा सिटी,१० पौष २०७८। गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको संचालक संस्था गौतमबुद्ध सामयुदायिक स्वास्थ्य संस्थामा पुनः एजाज आलमको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । यद्यपी संस्थाको नवौं वार्षिक साधारणसभा तथा तेश्रो अधिवेशन शनिबार मात्रै हुने भएकोले औपचारिक रुपमा घोषणा भने भई नसकेको निर्वाचन समितिले जनाएको छ ।संस्थाको विधानमा अध्यक्ष बाहेक अरु पदाधिकारी कार्यसमितिको पहिलो बैठकले चयन गर्ने व्यवस्था गरिए बमोजिम अहिले अध्यक्ष र कार्यसमिति सदस्य मात्रै निर्विरोध निर्वाचित भएका हुन् ।


जसअनुसार कार्यसमिति सदस्यहरुमा सम्मानित सदस्यबाट होमराज बस्याल र रामप्रसाद बस्याल, विशिष्ट सदस्यबाट बाबुराम बोहोरा र राजेन्द्र सिंह गुरुङ तथा संस्थागत सदस्यबाट उपेन्द्र कुमार अग्रवाल निर्वाचित भएका हुन् । त्यस्तै संस्थापक खुल्ला सदस्यतर्फ बोनिन पिया, दिनेशराज रेग्मी, गुणनिधी भण्डारी, हिरामणी भट्टराई, जिवन प्रसाद अधिकारी र शिव कुमार पाठक निर्विरोध निर्वाचित भएका छन् ।संस्थागत सदस्य महिलातर्फ भगवती पाण्डे र बनिका देवी शर्मा निर्वाचित भएको निर्वाचन समितीले जनाएको छ । संस्थाको कार्यसमितीमा अस्पतालका निर्देशक, रुपन्देही उद्योग संघ, रोटरी क्लब अफ सेन्ट्रल बुटवल, रोटरी क्लब अफ बुटवल, रोटरी क्लब अफ बुटवल साउथ र रोटरी क्लब अफ डाउनटाउनबाट एकएक जना पदेन सदस्य मनोनित हुने व्यवस्था गरिएको अध्यक्ष आलमले जानकारी दिए ।


संस्थाको साधारणसभा, अधिवेशन तथा गौतमबुद्ध मुटु अस्पतालको नवौं स्थापना दिवसलाई नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष आलमले बताए । बुटवलका उद्योगीहरुको पहलमा २०७० साल पुस १० गते औपचारिक रुपमै सामुदायिक मुटु अस्पताल सुरु भएको थियो ।

कमेन्ट गर्नुहोस्