लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आज ३० लाख ७२ हजार डोज कोभिडविरुद्धको खोप नेपाल आउँदै

IMG

२०७८ पुस ५, तिलोत्तमा सिटी।   नेपालमा आज एकैदिन ३० लाख ७२ हजार डोज कोभिडविरुद्धको खोप आउने भएको छ। स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन महाशाखाका अनुसार आज कोभिसिल्ड र भेरोसोल गरी ३० लाख ७२ हजार डोज खोप आउन लागेको हो।आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाका अनुसार भारतबाट १८ लाख ७० हजार ५०० डोज कोभिसिल्ड र चीनबाट १२ लाख १ हजार ८८७ डोज भेरोसेल खोप नेपाल आउने भएको हो। कोभिसिल्ड कोभ्याक्स सुविधा अन्तर्गत र भेरोसेल खोप एसियाली विकास बैंक (एडिबी)को सहुलियत ऋण सहयोगमा खरिदको खोप हो।


कमेन्ट गर्नुहोस्