
तिलोत्तमा सिटी,५ पौष २०७८। नेपाल दृष्टि विशेषज्ञ संघ लुम्बिनी प्रदेशले दाङको भालुबाङ स्थित एभरल्याण्ड रिसोर्टमा आँखामा प्रयोग हुने लेन्स र चस्मा नवीनतम प्रयोग र आविष्कार विषयक एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ। शनिबार संघका प्रदेश अध्यक्ष डा.अमित केसीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष निरज देव जोशीको प्रमुख आतिथ्यतामा सो कार्यशाला गोष्ठी सम्पन्न भयो । भेलामा प्रदेश लुम्बिनीका दृष्टि बिशेषज्ञहरुको उल्लेख्य उपस्थिति रहेको थियो। आँखा, चस्मा तथा उपचार र परामर्शका बिषयमा आउने समस्या, त्यसको समाधान र पेशागत हितलाई देशको स्वास्थ्यका सन्दर्भमा गर्न सकिने विभिन्न बिषयमा छलफाल सुझाव तथा परामर्श र निचोड गरिएको थियो।
सो भेलाले आगामी कार्यकालको लागि प्रभात जीसीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन समेत गरेको छ। जसको उपाध्यक्षमा कृष्ण बन्जाडे,सचिव बिश्वास भण्डारी, सहसचिव यादव पौडेल , कोशाध्यक्ष प्रदीप गुप्ता रहेका छन् भने सदस्यहरुमा निकिता केसी, दिलबहादुर थापा , मदन चौधरी , ओम यादव, तिलक कुमार शाह , प्रमोद यादव, उमेश बोहरा , सुभेछ्या श्रेष्ठ लगायतका रहेको नेपाल दृष्टि विशेषज्ञ संघ लुम्बिनी प्रदेशका सस्थापक अध्यक्ष डा अमित केसीले बताउनुभयो । संघले दृस्टी संग सम्बन्धित बिषयमा परेका समस्या र समाधानका बिषयमा त्यस संग सम्बन्धित बिशेषज्ञ, प्राबिधिक, र संचालकहरुमा सचेतना समेत गरेको छ।
कमेन्ट गर्नुहोस्