
तिलोत्तमा सिटी,२ पौष २०७८। लैंगिक हिंशा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन गत शुक्रवार ७३ औं अन्तराष्ट्रिय मानवअधिकार दिवस मनाईरहँदा बुटवलमा आफ्नै श्रीमानको खुकुरी प्रहारबाट एक महिलाको मृत्यु भएको छ।घरबाटै शुरु गरौं महिला हिंशा अन्त्य गरौं भन्ने नारासहित राष्ट्रिय मानव अधिकार आयोग लगायतका बिभिन्न अधिकारकर्मी संघ संस्थाहरुको अगुवाईमा बुटवलमा ¥याली भईरहँदा रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ८ बाँसगढीकी खुमा घर्तिको भने उनकै श्रीमानले हत्या गरेका छन्।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक नवरत्न पौडेलले बुटवल ११ स्थित आफ्नै दिदी गोमा थापाको घरमा आएकी ३६ वर्षिय खुमाको उनकै श्रीमान ३८ वर्षिय सुकुम भन्ने सन्तबहादुर घर्तिले हत्या गरेको जानकारी दिए।
सन्तबहादुरले सुक्रवार विहान साढे ११ बजेतिर दिदीको घरमा आएकी खुमाको घांटीमा खुकुरी प्रहार गरि गम्भिर घाईते बनाएका थिए।खुकुरी प्रहारबाट गम्भिर घाईते खुमालाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएपनि मध्यान्ह साढे १२ बजेतिर मृत्यु भएको प्रहरी नायब उपरिक्षक पौडेलले बताए।श्रीमतीमाथी खुकुरी प्रहार गरेपछि उनका श्रीमान सन्तबहादुर फरार रहेका छन्। फरार रहेका सन्तबहादुरको खोजि भईरहेको पौडेलले बताए।
कमेन्ट गर्नुहोस्