लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जोन्सन खोप विदेश जाने व्यक्तिहरुलाई प्राथमिकतामा राखेर दिइने

IMG

२०७८ पुस २, तिलोत्तमा सिटी।सरकारले कोरोना विरुद्धको खोप जोन्सन एन्ड जोन्सन विदेश जाने व्यक्तिहरुलाई प्राथमिकतामा राखेर लगाउने भएको छ।यो खोप एक डोज मात्र लगाए पुग्छ भने अन्य खोपहरु दुई डोज लगाउनुपर्छ।कतिपय देशहरुले बाहिरबाट आउने नागरिकका लागि जोन्सन खोप नै अनिवार्य गरेका छन्।स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार जोन्सन खोप विदेश जाने व्यक्तिहरुलाई दिइने र बाँकि खोप अन्य व्यक्तिहरुलाई लगाइने छ।


उनले भने,‘बिहीबार आएको २१ लाख ७६ हजार डोज खोप विदेश जाने व्यक्तिहरुलाई मात्र खपत हुँदैन। बाँकि खोप १८ वर्ष उमेर पुगेका अन्य व्यक्तिहरुलाई पनि दिइन्छ। त्यसका लागि विशेष उमेर समुह वा प्राथमिकता निर्धारण गरिएको छैन।’जर्मन सरकारले काेभ्याक्स सुविधामार्फत नेपालमा २१ लाख ७६ हजार डाेज जाेन्सन खाेप उपलब्ध गराएकाे छ। जुन खाेप हिजाे नै नेपाल आइसकेकाे छ।त्यसैगरी,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसले पुस ४ गते देखि ५७ जिल्लाका १२ देखि १८ वर्षमुनिका करिब १८ लाख बालबालिकालाई मोडर्ना खोप लगाउँदै छ। विद्यालयमा नै खोप केन्द्र राखेर खोप अभियान सुरु गर्न लागेको दाहालले जानकारी दिए।



 

कमेन्ट गर्नुहोस्