लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एक डोज मात्र लगाए पुग्ने जोन्सनको ७ लाख १९ हजार डोज खोप आज नेपाल आउँदै

IMG

२०७८ पुस १ , तिलोत्तमा सिटी।  

  एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोपको ७ लाख १९ हजार ६५० डोज खोप आज नेपाल आउँदै छ। २१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोपमध्ये पहिलाे खेप आज आउन लागेकाे हाे।स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले आज बिहान ७:४५ बजे पहिलाे खेप खाेप आउने जानकारी दिए। त्यसैगरी बाँकी भाेलि १४ लाख ५७ हजार डोज खोप पर्सी आउने जानकारी दिए। खोप युनिसेफ मार्फत आउन लागेको हो।यसअघि अमेरिकाले कोभ्याक्स मार्फत  करिब १६ लाख डोज जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो।

जोन्सन एन्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ। अन्य खोप भने दुई डोज लगाउनु पर्छ।

कमेन्ट गर्नुहोस्