लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कालिकामा पुष १ गतेबाट खेलसप्ताह

IMG

२०७८ मङ्सिर २८, तिलोत्तमा सिटी।  कालिका मानवज्ञान माध्यमिक विद्यालयमा जिल्लास्तरिय कालिका रनिङ शिल्ड प्रतियोगिता २०७८ हुने भएको छ । विद्यालयको ६१ औ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा पुस १ गतेबाट ७ गतेसम्म खेल सप्ताह हुने भएको हो । मंगलबार विद्यालय परिसरमा पत्रकार सम्मेलन गरि प्राध्यापक दिनेश थापाले तयारी पूरा भएको बताए । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार रुपैयासहित शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि दोस्रो टिमले ३० हजार नगद, तेस्रो टिमलाई नगद २० हजार रुपैया सहित मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ।


 छात्रछात्रा गरि दुई विद्यामा गरि कक्षा १२ सम्मका विद्यार्थीहरुले भाग लिने उनले बताए। छात्रछात्रा गरि ज्यावलिङ थ्रो, लङजम्प, भलिबल, कबड्डि तथा एथलेटिक्स ट्याकतर्फ ८ सय, १ हजार ५ सय र ३ हजार मिटर गरि १६ ईभेन्टहरुमा खेल हुने खेल संयोजक हरिस वलीले बताए। कुल १६ स्वर्ण पदक, १६ कास्य र १६ रजत पदकका लागि प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा ३० वटा विद्यालयका ४ सय ८० जना खेलाडीहरु ६० जना प्रशिक्षकहरु सहभागी हुने छन ।यसैगरि सेक्टर २ रामनगरमा खुल्ला ५ हजार मिटर दौड, कालिका गायनकला प्रतियोगिता, विज्ञान प्रविधि प्रर्दशनी समेत हुने छ । 


कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामी, नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, सल्लाहकार समिति सदस्य घनश्याम पाठक, सदस्य नित्यानन्द ज्ञवाली, सदस्य महेन्द्र थापाले समुदायको सहकार्य र शिक्षक कर्मचारीहरुको मेहनतकै कारण नमुना विद्यालय बन्न सफल भएको बताए । विद्यालयमा ८ हजार विद्यार्थी अध्ययरत छन भने शिक्षक, कर्मचारी गरि ३ सय २० जना रहेका छन ।

                                                                

कमेन्ट गर्नुहोस्