लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेप्से परिसूचक ५ अंकले घट्दा सेन्सेटिभ इन्डेक्स भने बढ्यो

IMG

२०७८ मङ्सिर २३ , तिलोत्तमा सिटी।साताको अन्तिम कारोबार दिन बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक ५ अंकले घटेको छ । अघिल्लो सातादेखिन नै प्रायः लगातार घटिरहेको बजारमा बिहीबार भने धेरै कम्पनीहरुका शेयर मूल्य बढे ।नेप्से परिसूचक ५ दशमलव ८४ अंकले घटेर २ हजार ४ सय ४९ दशमलव ९७ अंकमा झरेको छ । नेप्से परिसूचक घटेपनि ‘क’ वर्गमा सूचीकृत कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ सूचक भने ०.४३ अंकले बढेको छ ।


लगानीकर्ताहरुमा अन्योलता देखिँदा बुधबार जस्तै बिहीबार पनि कारोबारमा उत्साह देखिएन । दिनभर ४१ हजार ३८९ कारोबार हुँदा २३१ कम्पनीका ६२ लाख २३ हजार ७२१ कित्ता शेयरमात्रै किनबेच भयो । जसबाट कारोबार रकम २ अर्ब ६७ करोड ३३ लाख ८ हजार ७ सय ९२ रुपैयाँमा रोकिएको छ ।बिहीबार होटल तथा पर्यटन समूहका रहेका कम्पनीहरुको शेयर मूल्य बढेको छ । जसले गर्दा यो समूहको उपसूचक १८ दशमलव ७७ अंकले बढेको छ । अन्य समूह ४ दशमलव १७ अंकले बढ्दा म्युचुअल फण्ड झिनो अंकले बढेर सकारात्मक देखिएको छ ।

कमेन्ट गर्नुहोस्