
तिलोत्तमा सिटी,१९ मंसिर २०७८। बि.एफ.डि.एम (B.F.D.M) फेसबुक ग्रुपले आफ्नो चौथो बार्षिक उत्सव समारोह सहयोग गर्दै मनाएको छ। ग्रुपले तिलोत्तमा स्थित मेदिनी आधारभूत बिद्यालयका जेहेन्दार तथा बिपन्न परिवारका बिद्यार्थीलाई पाठ्यक्रमका सामाग्रीहरु हस्तान्तरण गरि आफ्नौ चौथो बार्षिक उत्सव मनाएको छ।
सामाजिक सन्जाल फेसबुकमा करिब ४ वर्ष अगाडि स्थापना भएको युवाहरुको समूह BFDM फेसबुक ग्रुपले आफ्नो चौथो बार्षिक उत्सव विभिन्न जिल्लाहरुमा समेत सामाजिक कार्य गर्दै मनाईरहेको छ। सो बिद्यालयमा अध्यनरत बिपन्न परिवारका करिब ८० जना बिद्यार्थीलाई आवस्यक पाठ्यक्रमका सामाग्रिहरु बितरण गरि उल्लास स्वरुप केक काटेर आफ्नो बार्सिक उत्सव मनाएको BFDM टिम बुटवलका प्रेम नाथ गौडेलले तिलोत्तमा सिटीलाई बताउनुभयो। कार्यक्रम सोही बिद्यालय ब्यबस्थापनका अध्यक्ष जगत प्रसाद पौडेलको प्रमुख आतिथ्यता तथा BFDM टिम बुटवल नेतृत्व गर्दै आइरहनु भएका प्रेमनाथ गौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा धेरै जसो ग्रुपका संलग्न युवाहरुको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्