लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शाइन रेसुङ्गा बैंकद्वारा विद्यार्थीलाई बैंकिङ साक्षरता

IMG

तिलोत्तमा सिटी,१९ मंसिर २०७८। शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लि. मंगलापुर शाखाले विद्यार्थीहरुका लागि एक दिने डिजिटल बैंकिंङ्ग तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । तिलोत्तमा नगरपालिका– ९ स्थित गौतम बुद्ध माध्यमिक विद्यालयमा कक्षा ११÷१२ का विद्यार्थीहरुलाई लक्षित गरी संचालन गरिएको कार्यक्रममा करिब सय जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको शुभारम्म गर्दै विद्यालयको प्राचार्य मृगेन्द्र रिजालले अहिलेको समय डिजिटल प्रविधिको भएकोले विद्यार्थीहरु यसबारे जानकार हुनुपर्ने राख्नुपर्ने बताए । 


कार्यक्रममा बैंकका एसएमई विभाग प्रमुख दिपक अर्यालले डिजिटल प्रविधिको प्रयोगले सबैलाई सहज हुनुका साथै नगद व्यवस्थापनमा हुने गरेको राज्यको ठुलो लगानी कम हुने र यसमा हामी नागरिकको पनि दायित्व रहेको बताए । कार्यक्रमको सहजिकरण बैंकका डिजिटल बैंकिङ्ग विभागका नारायण न्यौपानेले बैंकले दिने सम्पूर्ण सुविधाहरु साथै डिजिटल मैत्री कारोबारको फाइदाबारे जानकारी गराए ।कार्यक्रम शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लि. मंगलापुर शाखाका प्रबन्धक विष्णु थापाको अध्यक्षता र विद्यालयको शिक्षक डिल्लीराम गैरेको सञ्चालनमा सम्पन्न भएको थियो । 


कमेन्ट गर्नुहोस्