लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लायन्स बुटवल देउराली साकुराद्वारा सरसफाई तथा डस्बिन बितरण कार्यक्रम सम्पन्न

tillotmacitynews - 2021 Nov 28 05:06 PM
IMG

२०७८ मङ्सिर १२, तिलोत्तमा सिटी । लायन्स क्लब अफ बुटवल देउराली साकुराद्वारा सरसफाई तथा डस्बिन बितरण कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । लायन्स क्लब अफ बुटवल देउराली साकुराको आयोजनामा लायन्स बर्ष २०२१/२२ को कार्यक्रम अन्तर्गत बुटवल-११ स्थित दुर्गानगर श्री मायादेवी जनजागृति आधारभूत बिद्यालयमा सरसफाई तथा डस्बिन बितरण गरि सम्पन्न गरेको हो । उक्त सरसफाइ तथा डस्बिन बितरण कार्यक्रममा लायन डिस्ट्रिक गभर्नर लायन रामप्रसाद भट्ट प्रमुख अतिथि रहेका थिए 




प्रमुख अतिथि लायन डिस्ट्रिक गभर्नर लायन राम प्रसाद भट्टले सफाई कार्यक्रम लगायत लायन्स क्लबले समाजमा गर्नुपर्ने विविध क्रियाकलापको विषयमा प्रकाश पारेका थिए ।क्लबले दुर्गानगर टोलमा सरसफाइ र यस संग सम्बन्धित जनचेतना जगाई डस्बिन समेत बितरण गरेको थियो। सो कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष लायन कमला जोशीले सामाजिक क्रियाकलापमा लायन्स क्लबले खेलेको भूमिकाले सरसफाइको क्षेत्रमा राम्रो प्रभाव पारेको बताईन।



सरसफाइ कार्यक्रममा लायन एमजेएफ उमंग देवकोटा,टोल बिकाश सस्थाका अध्यक्ष धन बहादुर गुरुङ, एरिया चिफ़ लायन  जीबन गौतम न्यु एकता युवा कलबका अध्यक्ष राज कुमार बिश्वकर्मा लगायत क्लबका अन्य पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो । क्लबले यी र यस्ता सामाजिक कार्यहरु गर्दै समजपयोगी जनचेतना जगाउने कार्य गरेको क्लबका सरिता पाण्डेले बताइन। 



 

कमेन्ट गर्नुहोस्