लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लिटिल प्याराडाइजले गर्यो अभिभाबकसंग अन्तरक्रिया

IMG

२०७८ मङ्सिर ११,तिलोत्तमा सिटी। लिटिल प्याराडाइज इन्ग्लिश मिडियम स्कुल भलवारीले आफ्ना विद्यार्थीका अभिभावकसंग अन्तरक्रिया सम्पन्न गरेको छ। स्कुलमा अध्यापन गर्ने कक्षा (१-३) सम्मका बालबालिकाका अभिभावकसंग "अभिभावकसंग अन्तर्कृया कार्यक्रम " सम्पन्न गरेको बिधालयका प्राचार्य  के.एन. सागर ज्ञवालीले बताउनुभयो। 


बिधालयका प्राचार्य ज्ञवालीको सभापतित्व तथा  बिधालयका प्रबन्धनिर्देशक माधवप्रसाद  पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न सो अन्तरक्रियामा बिद्यार्थी र अभिभावक बिचको सम्बन्ध र विद्यालयले खेल्ने भूमिका संग सम्बन्धित रहेर जिज्ञासा तथा समाधान खोजिएको थियो।  कोभिड बाट ग्रसित अध्ययन अध्यापनमा ग्रसित बनेका बिद्यार्थीहरुलाई त्यसको प्रभाव र अबको उपाय बारे समेत चेतना जगाइएको थियो।करिव १०० जनाको सहभागिता रहेको सो अन्तरक्रिया शिक्षक  देवेन्द्र राज अधिकारीको संचालनमा सम्पन्न  भएको थियो ।

कमेन्ट गर्नुहोस्