
२०७८ मङ्सिर ११,तिलोत्तमा सिटी। जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा–१५ कोटिहवा, रुपन्देहीको आयोजनामा शनिबार खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।जनउत्थान साकोस अन्तर्गत सिस्टर्स क्लबको आयोजनामा भएको ३५ औं खुल्ला रक्तदान कार्यक्रममा १० जना महिला र २९ पुरुष गरि ३९ जनाले रक्तदान गरेको सहकारीका सचिव सरु रानाले बताइन् । संस्थाले गर्ने सामाजिक क्रियाकलाप अन्तर्गत उक्त कार्यक्रम गरिएको उनले जानकारी दिइन् ।कार्यक्रममा बोल्दै सहकारीका उपाध्यक्ष गिरी प्रसाद पुनले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले जनउत्थान साकोसले नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको बताए ।
संस्थाले वर्षको ३ पटक साउन, मंसिर र चैत्र महिनामा नियमित रुपमा गर्दै आएको रक्तदान कार्यक्रममा उत्साहजनक सहभागिता रहदै आएको साकोसका सचिव सरु रानाले बताइन् ।सहकारीका उपाध्यक्ष गिरी प्रसाद पुनको अध्यक्षता, सञ्चालक समिति सदस्य निल प्रसाद पुनको स्वागत मन्तव्य तथा सचिव सरु रानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कमेन्ट गर्नुहोस्