
२०७८ मङ्सिर ८,तिलोत्तमा सिटी । पञ्चकन्या समुहले आफ्ना सम्पुर्ण कर्मचारी तथा मजदुरको निशुल्क आखा परिक्षण गराएको छ। समुहले सामाजिक उत्तरदाहित्व अन्तरगत आफ्ना कर्मचारी तथा मजदुरको निशुल्क आखा परिक्षण गरिएको हो।नेपाल नेत्र ज्याती संघ, श्री रण अम्बिका शाह आखा अस्पताल भैरहवाको आयोजना तथा पञ्चकन्या समुहको सहकार्यमा भएको आखा शिविरमा ३ सय जना बढी मजदुरले आखा परिक्षण गरेका छन्। कर्मचारी तथा मजदुरको आखा परिक्षण पछि उनीहरुमा काम गर्ने मनोवल थप बृद्धि हुने हुदा यस्ता कार्यले उद्योग र मजदुर दुवैलाई टेवा पुग्ने बिश्वास गरिएको छ।शिविरको पञ्चकन्या समुहका उपाध्यक्ष धुर्वकुमार श्रेष्ठले सुभारम्भ गरेका थिए। उद्योग परिसरमा आयोजना गरिएको शिविरमा उपाध्यक्ष श्रेष्ठले पनि आखा परिक्षण गराएका थिए।
सो अबसरमा उपाध्यक्ष श्रेष्ठले मजदुरको स्वास्थ्य परिक्षण गर्ने उद्योगको नीति अनुरुप आखा शिबिर नै राखेर आखाको परिक्षण गरिएको बताए। समय अभावका कारण सबै मजदुरहरु अस्पतालसम्म पुग्न नसक्ने भएकाले उद्योग परिसरमै शिबिर सञ्चालन गरिएको श्री रण अम्बिका शाह आखा अस्पताल भैरहवाका बाह्य कार्यक्रम संयोजक संजीव अधिकारीले जानकारी दिए। उनले लुम्बिनी प्रदेशमै पहिलो पटक उद्योगमा गएर आखा शिबिर सञ्चालन गरिएको उल्लेख गरे। उनले अस्पतालबाट दिईने सेवा उद्योगबाटै दिईएको उल्लेख गर्दै अधिकारीले यसले उद्योगका मजदुरलाई ठुलो सहयोग पुगेको बताए।पञ्चकन्या समुहका उपमहाप्रबन्धक देवेन्द्र शाहुले उद्योगमा कार्यरत १ हजार मजदुर मध्ये पलाष्टिक र स्टीलमा काम गर्ने ३ सय जना मजदुरको आखा परिक्षण गरिएको जानकारी दिए। पञ्चकन्याले आखाका साथसाथै मधुमेह तथा क्यान्सर समेतको परिक्षण गर्ने सोच बनाएको बताए। उनले पञ्चकन्या समुहले उद्योग सञ्चालन गरेर नाफा मात्रै कमाउने मात्र नभई कर्मचारी र मजदुरको हितमा पनि काम गर्ने गरेको बताए।
कमेन्ट गर्नुहोस्