
२०७८ मङ्सिर ७ ,तिलोत्तमा सिटी । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर २ को मतगणना स्थलमा कुटाकुट भएको छ । सोमबार सम्पन्न निर्वाचनको मतगणना भइरहेको अवस्थामा अचानक विवाद सिर्जना भएपछि कुटाकुट भएको हो ।मतगणना स्थलमा भएको कुटाकुटमा पौडेल समूहबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार दिर्घ बहादुर केसी ((कुमार) माथि आक्रमण भएको जनाइएको छ । देउवा समूहका कार्यकर्ताको आक्रमणबाट उनी घाइते भएका हुन् ।मतगणना भईरहेका बेला गृहमन्त्री बालकृष्ण खाण निकट नेतृ रिता केसीले लफडा झिकेकाे र पछि खाण निकट युवा प्रशान्त काेईरालाले कुमार केसि माथि हातपात गरेकाे त्यहा सहभागी एक पत्रकारले जनाएका छन्। कुमार केसि रामचन्द्र पाैडेल समुहका हुन्।
रूपन्देही २ मा पाैडेल निकट हरि लम्सालले चुनाव जित्ने निष्चित भएपछि खाण निकट समूह लफडा र कुटपिटमा उत्रिएको हाे।केसीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक उपचार कक्षमा उपचार भईरहेको नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका सभापति खेलराज पाण्डेले बताए ।गृहमन्त्री खांणको गृह जिल्लामा निर्वाचनमा कांग्रेसकै नेता कार्यकर्तामाथि कुटपिट गर्ने कार्य बढेको छ । यस अघि भैरहवामा पनि कांग्रेसका क्षेत्रीय सचिवका उम्मेदवार शैलेश पन्तमाथि कुटपिट भएको थियो । जिल्लाका बिभिन्न स्थानमा मतदान स्थलमै भएका आक्रमणका घटनाले गृहमन्त्री खाँणमाथि तिव्र आलोचना हुन थालेको छ।
कमेन्ट गर्नुहोस्