
२०७८ मङ्सिर ५ ,तिलोत्तमा सिटी ।
बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा एकजना दाङकी महिला र एकजना बाँकेका पुरुष छन्। मंसिर २५ गते अस्पताल भर्ना भएकी गढवा गाउँपालिका–७, दाङकी ४९ वर्षीया महिलाको आज बिहान ३ बजे मृत्य भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।यस्तै मंसिर ३० गते अस्पताल भर्ना भएका बाँकेको बैजनाथ गाउँपालिका–५ का ६८ वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको वलीले बताए ।योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४१ पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
कमेन्ट गर्नुहोस्