लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मधुमेह नियन्तणका घरघरमा पुगेर जनचेतना फैलाउछौ:नगरप्रमुख घिमिरे

IMG

२८ कात्तिक,२०७८ तिलोत्तमा सिटी । २८ कात्तिक,२०७८ तिलोत्तमा सिटी । तिलोत्तमा नगरपालिकाको आयोजनामा विश्व मधुमेह दिवस मनाईएको छ नेपालमा ’१४ नोभेम्बरमा विश्व मधुमेह दिवस मनाइने गरिन्छ । ‘मधुमेहको हेरचाहमा सबैको पहुँच, अहिले नभए कहिले" भन्ने नाराका साथ यस वर्षको विश्व मधुमेह दिवस मनाईएको हो। विश्व मधुमेह दिवसका अबसरमा तिलोत्तमा नगरपालिकाको प्राङ्गण मा भएको कार्यक्रममा वोल्दै तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरेले मधुमेहबारे नगरवासिका घरघरमा पुगेर जनचेतना फैलाउने काम गर्ने बताए । मधुमेह लाग्नै नदिन पनि सतर्कता अपनाउन सकिने भन्दै उनले मधुमेहको मुख्य कारण मोटोपन र विलासी जीवनशैली पनि भएको बताए । यसलाई नियन्त्रणमा राख्नुपर्छ। काम नगर्ने, शारीरिक कसरत नगर्ने गरेको कारण धेरै मधुमेहका रोगी हुने घिमिरेले बताए ।



जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा.राजेन्द्र गिरीले डायबिटिज मानिस आफैंले निम्त्याएको रोग भएको बताए । शहरीकरणसँगै बदलिएको हाम्रो अस्वस्थकर जीवनशैलीका कारण डायबिटिजको जोखिम बढ्दै गएको उनको भनाई छ। शरीरको आवश्यकताभन्दा बढी क्यालोरी दिने खाना खाँदा पनि डायबिटिजको जोखिम बढी हुने भएकाले नेपालमा सर्ने भन्दा नसर्ने रोगबाट मृत्युदर बढेको उनको ठम्म्याई छ। डा गिरीले ७१ प्रतिशत मानिस नेपालमा नसर्ने रोगबाट मृत्यु भएको तथ्याक रहेको बताएका छन् ।


स्वास्थ्य सेवा विभागका जनस्वास्थ्य निरिक्षक बसन्त श्रेष्ठले डायबिटिज व्यक्तिको अव्यवस्थित जीवनशैलीका कारण हुने भएकाले सबैभन्दा पहिले जीवनशैलीमा सुधार गर्नुपर्ने वताए। कार्यक्रममा तिलोत्तमा नगरपालिका स्वास्थ्य संयोजक मोती प्रसाद पौडेलले नेपालमा ८ प्रतिशत् जनसंख्या मधुमेहवाट ग्रसित रहेको वताए। सबैमा चेतना फैलाउनु खानपिनमा ध्यान दिनु र दैनीक ब्यायाम गर्नु अहिलेको फरक जिबनशैलिको आबश्यकता रहेको स्वास्थ्य शाखा प्रमुख पौडेलले  बताए ।


सो अवसरमा बोल्दै आनन्दबन हेल्थपोष्टका मेडिकल अधिकृत डा गोबिन्द भन्डारीले खानपान र निष्क्रिय जीवनशैलीका कारण मधुमेह हुने भएकोले सचेत बन्नुपर्ने बताए। सो अवसरमा नगर उपप्रमुख जगेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल लगायतले मधुमेहबाट बच्न सबैले स्वास्थ्य र खानपानमा ध्यान दिनुपर्नेमा जोड दिए। स्वास्थ्य क्षेत्रका र नगर भित्रका स्थानीय , कर्मचारी र बुद्धिजिबीहरुको  सहभागीता रहेको कार्यक्रमको संञ्चालन जनस्वास्थ्य निरिक्षक तथा तिलोत्तमा नगरपालिकाका स्वास्थ्य अधिकृत केशब भट्टराईले गरेका थिए । सो अबसरमा रगत परिक्षण ,पिसाब जाच गर्नुकासाथै विभिन्न जनचेतना सन्देश मुलुक कार्यक्रम सञ्चालन भएको थियो ।


विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् १९८० मा विश्वमा जम्मा १० करोड मानिसमा मधुमेह भएको र करिब ४० वर्षपछि यो सङ्ख्या ४५ करोडभन्दा बढी पुगेको छ। नेपालमा पनि करिब–करिब जनसंख्याको ८.४ प्रतिशत मानिसलाई मधुमेह भएको अनुमान गरिएको छ। नेपालका सहरी क्षेत्रमा गरिएका अध्ययनले करिब २० प्रतिशत मधुमेहबाट प्रभावित भएको देखाएको जनाउँदै उनले गाउँमा तीन प्रतिशतलाई मधुमेह भएको चिकित्सकहरुको भनाई छ ।


के हो मधुमेह ?

रगतमा चिनीको मात्रा आवश्यकताभन्दा बढी हुनुलाई मधुमेह भनिन्छ । यसलाई चिनी रोग भनेर पनि चिनिन्छ । बढी कार्बाेहाड्रेडयुक्त खानेकुराको सेवन, शारीरिक व्यायामको कमी जस्ता कारणले मधुमेह हुनेगर्छ । मदिरा एवं सुर्तीजन्य पदार्थको सेवन नगर्ने तथा स्वस्थ आहार र शारीरिक सक्रियतामार्फत मधुमेह रोकथाम गर्न सकिन्छ।


मधुमेहका लक्षणहरू

–बारम्बार पिसाब लाग्नु

–धेरै तिर्खा र भोक लाग्नु

–हातगोडा झमझमाउनु

–दृष्टि धमिलो हुनु

– शरीर गलेको महसुस हुनु

–घाउहरु समयमा निको नहुनु


मधुमेहले शरीका कुन–कुन अंगमा प्रभाव पार्छ ?

–मिर्गौला

–स्नायु प्रणाली

–आँखा, दाँत र गिजा

–रक्त नली


मधुमेहबाट कसरी बच्ने ?

–कम कार्बोहाइड्रेट भएको खाना खाने

–नियमित व्यायाम तथा योग गर्ने

–पर्याप्त पानी पिउने

–सुर्तीजन्य पदार्थको सेवन र मदिरापान नगर्ने

–मधुमेह भएको पुष्टि भएमा दिइएको औषधि नियमित सेवन गर्ने

कमेन्ट गर्नुहोस्