लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गृहजिल्ला पुगेर भीम रावलले गरे एमाले अध्यक्षमा उम्मेद‍्वारी घोषणा

IMG

तिलोत्तमा सिटी,२३ कार्तिक २०७८।नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मंसिरमा हुन लागेको पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने बताएका छन् ।एमाले साँफेबगर नगर कमिटीको प्रथम बैठकमा बोल्दै डा. रावलले एमाले अध्यक्षमा उम्मेद‍्वारी घोषणा गरेका हुन् । कार्यकर्ताको भावना अनुसार आफू पार्टी अध्यक्षमा लड्ने तयारीमा जुटेको उनको भनाई रहेको छ ।उनले अनेक क्षतिबीच अघि बढेको एमालेलाई महाधिवेशनबाट बलियो र एकताबद्ध बनाउनु पर्नेमा पनि जोड दिएका छन्।


‘मैले कार्यकर्तालाई आफू कुन पदमा उठ्दा उपयुक्त होला भनेर सोधेको थिए । उहाँहरूले अध्यक्ष पदमा लड्न आग्रह गरिरहनु भएको छ’, रावलले भने ।उनले कार्यकर्ताको आवाजलाई कमजोर हुन नदिने बताएका छन् । नेता रावलले कार्यकर्ताको भावनालाई कदर गर्दै १०औं महाधिवेशनमा अध्यक्षमा उठ्ने घोषणा गरेका हुन् ।नेकपा एमाले साँफेबगर नगर संगठन कमिटीका अध्यक्ष ललित कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा रावलले सो कुरा बताएका हुन्। 

कमेन्ट गर्नुहोस्