लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गुल्मीमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक फरार

tillotmacitynews - 2021 Nov 08 10:41 PM
IMG

तिलोत्तमा सिटी,२२  कार्तिक २०७८। गुल्मीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । ठक्करबाट जिल्लाको मालिका गाउँपालिका ८ की ८१ वर्षीया जमुना खनालको मृत्यु भएको हो । सोही स्थानकी ७२ वर्षीया लीला खनाल घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए ।


सोमबार दिउँसो तम्घास-सिमलटारी सडकखण्डस्थित किसानटारीमा लु५५प ९७५७ नम्बरको मोेटरसाइकलले ठक्कर दिएको हो । मोटरसाइक चालक मालिका-८ मर्भुग दँगासका २७ बर्षीय ललित पौडेल फरार छन् । सडक काट्ने क्रममा मोटरसाइकलले दुई वृद्धालाई ठक्कर दिएको पाण्डेयले जानकारी दिए । घाइतेको थप उपचारका लागि पाल्पा रेफर गरिएको र फरार चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्