लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवल-नयाँगाउँमा आगलागी, ३ घरमा क्षति

IMG

तिलोत्तमा सिटी,२२  कार्तिक २०७८। बुटवल उपमहानगरपालिका–१२ नयाँ गाउँमा लागेको आगलागि पूर्ण रुपमा नियन्त्रणमा आएको छ । सोमबार साँझ सडक पीच गर्ने क्रममा अलकत्रा बोकेको गाडीमा आगलागी भएको र उक्त गाडीबाट घरमा आगो सल्केको थियो ।इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख (डिएसपी) ठगबहादुर केसीले आगोलाई तीनवटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको बताए ।आगलागिबाट स्थानिय गोपाल पाण्डेको घरमा पूर्णरुपमा क्षति भएको र अन्य दुई घरमा आशिंक क्षति भएको केसीले बताए ।आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्