लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सयपत्री फुल

tillotmacitynews - 2021 Nov 04 12:44 PM
IMG

तल्ला घरको बारिभरि सयपत्री फुल फुन्छ होला ।

माईला दाईका खेतभरि धानको बाला झुल्छ होला ।

दिन सधै एकनास हुदैन रैछ दिदि ।

{आउदै गरेको चाँडले तिम्रो मन कति रुन्छ होला }।। २


संगालेर राखेका ति मखमलिका फुलहरु ।

नटिपेरै बोटमानै ओइलाएर झुक्छ होला ।

आँखा भरि आसु मन भरि पिडा नलिनु है दिदि ।

{अर्को साल तिम्रा सयपत्रीका फुल हरु फेरि टिप्ने हुन्छन होला} ।। २



सप्तरङि टिका अनि मखमलिका माला उनि ।

माईतिघरको पिडीभरि राख्न पाए हुन्थ्यो होला ।

सम्झनामा तिम्रा आँसु नखसाल्नु होला दिदि ।

{घुम्दै भिर्दै शरद ऋतु फेरि पनि आउछ होला} ।। २



देखेको छु बाटैभरि झिलिमिलि साझहरु ।

अर्को साल त माईति घरमा दियो बत्ती जन्छ होला ।

धानको वाला सँगालेर राख प्यारि  दिदि ।

{चामलको त्यो  घुमाएको तिम्रो रोटी कस्तो हुन्छ होला }।


तिलोत्तमा सिटी,१८ कार्तिक २०७८।

शिशिर पाण्डे, तिलोत्तमा रुपन्देही 

कमेन्ट गर्नुहोस्