लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

३ पालिकाको पालिका स्तरिय स्वास्थ्यकर्मी संघ गठन

IMG

तिलोत्तमा सिटी,१५ कार्तिक २०७८। राष्ट्रिय स्वास्थ्य कर्मी संघ नेपाल , जिल्ला कार्यसमितीको आयोजनामा समरीमाई , मर्चवारीमाई र कोटईमाई गाँउपालीकामा पालिका स्तरिय स्वास्थ्यकर्मी संघ गठन गरिएको छ।  ३ पालिका समरीमाई , मर्चवारीमाई र कोटईमाई गाँउपालीकामा कार्यरत स्वास्थ्यकर्मीहरुको भेलाले सुभकामना आदानप्रदान तथा पालीका स्तरीय कमीटी गठन गरेको हो। सो भेलाले बिस्नु बन्जाडेको अध्यक्षतामा ,सुनिता शर्मा उपाध्यक्ष , माधब केसी सचिव,सोम बहादुर सुनार कोषाध्यक्ष, पुन्य चौधरी सहसचिव र सदस्यहरुमा सुर्य नाथ महतो,छलिदेबि थापा सहित ७ सदस्यिय कार्यसमिति निर्विरोध चयन गरेको छ। पालिकामा कार्यरत स्वास्थ्यकर्मीको हक हित अधिकार सुनिश्चितताको लागि सो समिति गठन गरिएको अध्यक्ष बिष्णु बन्जाडेले बताए ।  

कमेन्ट गर्नुहोस्