
तिलोत्तमा सिटी,१३ कार्तिक २०७८। लायन्स क्लब अफ बुटवल गोल्डेन जुब्लीको सहकार्यमा रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ मणिग्राममा सुनौलो फार्मेसीको समुद्घाटन सम्पन्न भएको छ । सो क्षेत्र भित्र सबै किसिमका सेवा र सुबिधा दिने उदेश्यका साथ् सुनौलो फार्मेसीको समुद्घाटन गरिएको कुरा सुनौलो फार्मेशिका सचिव चिरन्जीवी गैरेले बताएका छन्। समुद्घाटन कार्यक्रममा फार्मेशिका अध्यक्ष अशोक भट्टराईको सभापतित्व रहेको थियो भने औषधि ब्यबसायी समिति रुपन्देहीका अध्यक्ष सुरज भट्टराईको प्रमुख आतिथ्यता तथा तिलोत्तमा नगरपालिका वडा नं.५ का अध्यक्ष चेत नारायण भण्डारी र वडा नं.६ का अध्यक्ष सुखदेव न्यौपानेको बिशिष्ठ आतिथ्यता रहेको थियो।
मणिग्राम मै रहेर ल्याब सम्बन्धि सम्पूर्ण सेवाहरु बिस्तार गर्ने, सुगर , थाइराइड फंक्सन टेस्ट, युरिक एसिड, विभिन्न रोगहरुको चेकजांच तथा उपचार एबम औषधि समेत पाइने फार्मेसीका उपाध्यक्ष शिवम न्यौपानेले बताउनुभयो। सेवा सुचारुका अवसरमा सस्थाले ९० जनाको फ्री सुगरटेस्ट क्याम्प गरेको थियो। डाक्टर मनिष कुमार गुप्ताको समेत उपस्थिति रहेको सो फार्मेसीको सेवामा समुद्घाटनको अवसरमा बिशेष छुटका साथ् उपचार परमार्ष औषधि उपचार सेवा प्रदान गरिने छ। क्यान्सर क्लिनिकको नामले परिचित गराउन भरपुर प्रयाश भएको र सोहि अनुसार सुनौलो फार्मेसी अघि बढेको सस्थाका कोशाध्यक्ष सन्तोष पुरीले बताए।
कार्यक्रममा प्रमुख अतिथि औषधि ब्यबसायी समिति रुपन्देहीका अध्यक्ष सुरज भट्टराई, बिशिष्ठ अतिथि तिलोत्तमा नगरपालिका वडा नं.५ का अध्यक्ष चेत नारायण भण्डारी, वडा नं.६ का अध्यक्ष सुखदेव न्यौपाने लागयाताले बोल्दै स्वास्थ्य क्षेत्रमा गरिएको सामाजिक सेवालाई बिस्तार गर्दै लैजानु पर्ने र सहि तथ्य रुपले औषधिको प्रयोग र स्वास्थ्य सुरक्षालाइ बढी चासो दिएर सेवा अगाही बढाउन आग्रह गर्नुभएको थियो। होल बोडी चेकअप संगै कुनैपनि ल्याब सम्बन्धि टेस्टका लागि सर्बसाधारण जो कोहि आउन सक्ने सुनौलो फार्मेसी मणिग्राम चोक नजिकै स्थापना भएको चिरनजीबी गैरेले बताए।
कमेन्ट गर्नुहोस्