लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नियमित रक्तदान कार्यक्रम सम्पन्न, ७० जनाले गरे रक्तदान

tillotmacitynews - 2021 Oct 30 02:27 PM
IMG

तिलोत्तमा सिटी, १३ कात्तिक २०७८, शनिवार । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलाेत्तमा शाखा तथा प्रसन्न बचत तथा ऋण सहकारी संस्था लि.काे संयुक्त आयोजनामा शनिबार छैठौं नियमित रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।जनज्योति मा.वि. तिलोत्तमा-४, डिङ्गरनगरमा गरिएको कार्यक्रममा ७० युनिट रगत संकलन भएकाे छ ।  कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस साेसाइटी, जिल्ला शाखा रुपन्देहीका सभापति प्रेमलाल उदासले कार्यक्रमकाे उद्घाटन गर्दै यस्ता संस्थाहरुकाे आयाेजनामा हुने रक्तदान कार्यक्रमले रक्ततत्व व्यवस्थापनमा महत्त्वपूर्ण याेगदान पुर्‍याउने बताए ।


नियमित रक्तदान गर्नुले मानिसको शरीर स्वस्थ रहने समेत बताए । कार्यक्रममा तिलाेत्तमा न.पा. वडा नं.४ का वडाध्यक्ष दिवाकर ढकाल, नेपाल रेडक्रस सोसाइटी मणिग्राम उपशाखाका सभापति टेक बहादुर थापा, नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखाका सदस्य अर्जुनप्रसाद पाैडेल, जानकी नेपाल, जनज्योति मा.वि.का अध्यक्ष मानकाजी श्रेष्ठ, प्रधानाध्यापक बाबुराम आचार्य, जनज्योति क्लबका अध्यक्ष मित्रलाल न्याैपाने, जागृति युवा क्लबका अध्यक्ष विदुर के.सी., डिङ्गरमाई टाेल विकास संस्थाका अध्यक्ष काेषबहादुर बस्नेत लगायतको आतिथ्यता रहेकाे थियाे ।


रक्त सञ्चार सेवा इकाई भैरहवाको प्राविधिक सहयाेग रहेको कार्यक्रममा प्रशन्न बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष झङ्कनाथ गैरेकाे अध्यक्षता तथा उपाध्यक्ष कृष्णबहादुर गुरुङकाे स्वागत रहेकाे थियाे ।कार्यक्रम समाजका तिलाेत्तमा शाखा अध्यक्ष गाेविन्द भुसालको सञ्चालन एवं सचिव प्रेम नेपालीको संयाेजकत्वमा सम्पन्न भएकाे थियाे ।

                                                              

कमेन्ट गर्नुहोस्