
तिलोत्तमा सिटी,१२ कार्तिक २०७८। पछिल्लो २४ घण्टामा पाँच सय ४९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन विधिबाट गरी नौ हजार सात सय ४६ जनाको नमुना परीक्षण गर्दा पाँच सय ४९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।आज थपिएकासहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख ११ हजार आठ सय ९७ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९४ हजार चार सय २८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।यस्तै पछिल्लो २४ घण्टामा पाँच सय ६९ जना निको भएका छन् ।
यो सहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९० हजार तीन सय ५८ पुगेको छ ।यही अवधिमा ६ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन्। याेसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार तीन सय ८८ पुगेको छ ।अहिले नेपालमा १० हजार एक सय ५१ जना सक्रिय सङ्क्रमित रहेकामा दुई सय ४२ जनाको आईसीयू र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।यस्तै पछिल्लो २४ घण्टामा एक लाख २५ हजार पाँच सय २७ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
कमेन्ट गर्नुहोस्