
तिलोत्तमा सिटी,११ कार्तिक २०७८। हरि कटुवालको उपन्यास ‘फेरि अर्को बिहानी’ लोकार्पण भएको छ । साहित्यकार कृष्ण धरावासी, निबन्धकार युवराज नयाँघरे तथा प्रमोद प्रधानले संयुक्त रुपमा साेमबार उपन्यासको लोकार्पण गरेका हुन् ।उपन्यासमा द्वन्द्वकालको नेपाली समाजदेखि वर्तमान परिवेशका सामाजिक, राजनीतिक र आर्थिक घटनालाई मुख्य विषय बनाइएको छ । कटुवालको यो तेस्रो उपन्यास हो । यसअघि उनको दुई उपन्यास अधुरो सपना (२०७३) र रेडलाइट (२०७६) प्रकाशित छन्। यस्तै २०७४ सालमा तिमी हाँसेको पल गीतमार्फत उत्कृष्ठ आधुनिक गीतकारको रुपमा ‘नेशनल वक्स अफिस अर्वाड’ पाएका कटुवालका कथा, कविता, गीतहरू फुटकर प्रकाशित छन् ।पल्लवले प्रकाशनले बजारमा ल्याएको फेरी अर्को बिहानी उपन्यासको बजार मूल्य ३७५ रुपैयाँ छ ।
कमेन्ट गर्नुहोस्