
तिलोत्तमा सिटी,७ कार्तिक २०७८। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पनि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइएको छ। राष्ट्रिय भिटामिन ए कार्यक्रममार्फत् पाँच वर्षसम्मका बालबालिकालाई कार्तिक ७ र ८ गते भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ । आइतबार खान छुटेकालाई सोमबार समेत भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम छ ।
तिलोत्तमा नगरपालिकाका सबै वडाका स्वास्थ्य चौकी खोप केन्द्र तथा आधारभूत स्वास्थ्य केन्द्रबाट भिटामिन ए र जुकाको औषधि खुवाइएको स्वास्थ्य शाखा अधिकृत केशव भट्टराईले बताए। यस अभियानमा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए तथा एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । सो कार्यक्रमको सन्दर्भमा नगर प्रमुख बासुदेव घिमिरेले आफूलाई पायक पर्ने वितरण केन्द्रमा गएर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन सबै अभिभावकहरुलाई आग्रह गर्नुभयो । राष्ट्रिय भिटामिन ए कार्यक्रममार्फत् सरकारले हरेक वर्ष भिटामिन र र जुकाको औषधि खुवाउँदै आएको छ । अघिल्लो पटक खाएकाहरुलाई समेत अहिले पनि खुवाउनु पर्ने स्वास्थ्य अधिकारीहरु बताउँछन् ।
कमेन्ट गर्नुहोस्