लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरोना संक्रमणबाट १३ जनाको मृत्‍यु, रुपन्देहीमा थपिए २५ जना नया संक्रमित

IMG

तिलोत्तमा सिटी,८ कार्तिक २०७८। पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।८ हजार २ सय ८४ जनाको पीसीआर परीक्षण गर्दा ६७३ जना र २ हजार ५८० जनाको एन्टिजेन परीक्षण गर्दा १०३ गरी ७७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने ५०१ जना निको भएका छन् ।सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ९ हजार ७२९ पुगेको छ ।


योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ३६१ पुगेको छ भने ७ लाख ८८ हजार ८ जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ३६० जना रहेका छन् । जसमध्ये ९ हजार ६१७ जना होम आइसोलेसनमा रहेका छन् भने ७४३ जना संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोनाका बिरामीमध्ये २५४ जना आईसीयू र ७४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।यस्तै १० वर्ष मुनिका १९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ५० जना कोरोना संक्रमित थपिएका छन् ।


कुन जिल्लामा कति संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १८५, झापामा ७८, कास्कीमा ६६, चितवनमा ६४, मोरङमा ६१ जानमा कोरोना संक्रमण पुष्टि भएको छ ।यस्तै ललितपुरमा ३३, रुपन्देहीमा २५, मकवानपुरमा १७, सुनसरीमा १३ र नवलपरासी पश्चिममा १२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्