
तिलोत्तमा सिटी,७ कार्तिक २०७८। अहिले सडक दुर्घटना झनै बढ्दै गएको छ। विभिन्न कारणले दुर्घटना भएर ज्यान जानेको संख्यापनि दिनानुदिन थपिदै गएको छ। शुक्रबार राति बुटवलबाट तिलोत्तमामा तर्फ जाँदै गरेको लु ३० प ४२६० नम्बरको स्कुटी तिलोत्तमा नगरपालिका–२ स्थित सिताराईस मिल नजिक आँफै अनियन्त्रित भै रुपन्देहीको तिलोत्तमाकि एक युवतीको मृत्यु भएको घटना सेलाउन नपाउदै शनिबार राति भएको दुर्घटनामा मोटरसाइकल चालक गुल्मी घर भई हाल तिलोत्तमा नगरपालिका ३ बस्ने २४ वर्षीय अनमोल थापा र मोटरसाइकलको पछाडी सवार सैनामैना ४ का ३५ वर्षीय निशान क्षेत्रीको मृत्यु भयो। दुर्घटनामा गम्भिर घाइते भएका थापा र क्षेत्रीको उपचारको क्रममा गए राति सवा १ बजेतिर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्रबार रातीको दुर्घटनामा परी स्कुटरकी चालक तिलोत्तमा–१ शंकरनगरकी २३ वर्षीया सुस्मिता क्षेत्रीको मृत्यु भएको लुम्बिनी प्रादेशिक प्रहरी कार्यालय, बुटवलले जनाएको छ । दुर्घटनाबाट गम्भीर घाइते क्षेत्रीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार पश्चिमबाट बुटवलतर्फ आइरहेको लु १ झ २८७ नम्बरको एम्बुलेन्स र बुटवलबाट पश्चिमतर्फ गइरहेको लु २४ प ३९८७ नम्बरको मोटरसाइकल बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरमा एकआपसमा ठक्कर खाएको थियो। शनिबार राति भएको दुर्घटनामा मोटरसाइकल चालक गुल्मी घर भई हाल तिलोत्तमा नगरपालिका ३ बस्ने २४ वर्षीय अनमोल थापा र मोटरसाइकलको पछाडी सवार सैनामैना ४ का ३५ वर्षीय निशान क्षेत्रीको मृत्यु भएको हो। दुर्घटनामा गम्भिर घाइते भएका थापा र क्षेत्रीको उपचारको क्रममा गए राति सवा १ बजेतिर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।त्यस्तै एम्बुलेन्स चालक गैंडहवा गाउँपालिका ६ का ३६ वर्षीय सुरेन्द्र मुराउ घाइते भएको र उनको बुटवलमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्