लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

साहित्य शृङ्खला पाेखराकाे २३० औ शृङ्खला सम्पन्न

IMG

तिलोत्तमा सिटी,७ कार्तिक २०७८। साहित्य शृङ्खला पाेखराकाे २३० औ शृङ्खला अर्थात् नियमित रचना वाचन कार्यक्रम आज भव्यताका साथ् सन्पन्न भयाे । काेराेना महामारीका कारणले आयाेजना गर्न नसकिएकाे कार्यक्रम भाैतिक रूपमै उपस्थित भएर पूर्ववत् अवस्थामा सञ्चालन गरिएको बरिष्ठ साहित्यकार तथा संस्थाका अध्यक्ष लाेकनाथ पुडासैनीले जानकारी दिनुभयो। कार्यक्रममा संस्थाका सल्लाहाकार वरिष्ठ समालाेचक प्रा डा रविलाल अधिकारी, रामराज रेग्मी, नारायण परिश्रमी तथा वरिष्ठ साहित्यकार प्रा डा भवानी पाण्डे, बाम बुद्धिजीवि प्रा ताराप्रसाद बराल लगायतले मन्तव्य राख्नु भएकाे थियाे । साेही कार्यक्रममा संस्थाका सल्लाहाकार एवं परिश्रमी प्रतिभा पुरस्कारका संस्थापक नारायण परिश्रमीको कविता कृति अधुराे गाथा लाेकार्पण भएको थियो। कबिता कृतिको लोकार्पण गर्दै उहाले सस्थाले संचालन गरेको पुरस्कार काेषमा रकम थप गरेर एक लाख पुर्याउने प्रतिवद्धता जाहेर गर्नुभयाे । 





संस्थाका सल्लाहाकार डा कृष्णराज अधिकारी, पूर्व संयाेजक भीम रानाभाट, सङ्गम सास्कृतिक मञ्चका सचिव विकास लुङ्गेली, डि वी वान्तवा, राेशन गुरूङ, आर्यन थापा, अर्जुन हिताङ लगायतका साहित्यकार तथा लेखकहरुको उपस्थिति रहेकाे सो कार्यक्रममा प्रलेस केन्द्रिय सदस्य नारायण मरासिनी, छविलाल आचार्य, लक्ष्मण गाैतम हिमाली, वसन्त चालिसे लगायतका स्रष्टाहरूले आ-आफ्ना गहकिला तथा चोटिलो रचना वाचन गर्नुभएकाे थियाे । साेही कार्यक्रममा संस्थाका अध्यक्ष लाेकनाथ पुडासैनीद्वारा आलोक शृङ्खला १२ र १३ औ अङ्ककी समीक्षक लक्ष्मी थापालाइ मायाकाे चिनाे प्रदान गरिएको थियो। शृङ्खलाका उपाध्यक्ष लक्ष्मी थापाकाे स्वागत मन्तव्य पश्चात् सुरु भएकाे कार्यक्रमकाे अध्यक्षता संस्थाका अध्यक्ष लाेकनाथ पुडासैनीले गर्नु भएको थियो भने कार्यक्रमकाे सञ्चालन सह-सचिव काजी गाउँले ले गर्नुभएको थियो । पश्चिमाञ्चल माध्यामिक बिद्यालय गैह्रापाटनमा भएको सो कार्यक्रममा सहयोगइ सबै प्रति सस्थाका अध्यक्ष पुडासैनीले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमकाे समापन गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्