लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दुई मुक्तक संग्रह एकै मञ्चबाट सार्वजनिक

IMG

तिलोत्तमा सिटी,७ कार्तिक २०७८। प्रदीप सापकोटा र पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’का दुई छुट्टाछुट्टै मुक्तक संग्रह एउटै मञ्चबाट सार्वजनिक भएको छ ‌। सापकोटाको संग्रह ‘मनको वारपार’ तथा श्रेष्ठको ‘पूर्णपात्र’ काभ्रेपलाञ्चोक पनौतिमा सार्वजनिक गरिएको हो ।पनौती नगरपालिकाका नगर प्रमुख भीम न्यौपाने, साहित्यकार मोहन दुवाल, लेखप्रसाद निरौला, सूर्यप्रसाद लाकोजूलगायतले मुक्तक संग्रहहरू लोकार्पण गरे ।


काभ्रेपलाञ्चोक निवासी दुई स्रष्टाका मुक्तकमा समसामयिक समाज, राजनीतिक विसङ्गति, सांस्कृतिक ह्रास र प्रेम-प्रणयलाई केन्द्र बनाइएको छ ‌। सरल र सम्प्रेष्य भाषामा चतुष्पदी (चार लाइन) शैलीलाई दुवै मुक्तककारले अपनाएका छन् ।एउटाको १ सय ५० रूपैयाँ मूल्य रहेको मुक्तकसंग्रहहरू ‘समकालीन साहित्य प्रतिष्ठान, बेलायत’ले प्रकाशित गरेको हो । प्रदीप सापकोटाको यसअघि ‘यात्राका इन्द्रेणी रंग’ नामक यात्रा-संस्मरण प्रकाशित छ भने पूर्णबहादुर श्रेष्ठको यो पहिलो पुस्तक हो ।

कमेन्ट गर्नुहोस्