लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लियो बुटवल खस्यौली युथको दसैँ विशेष शुभकामना

IMG

तिलोत्तमा सिटी,२८ असोज २०७८।  लियो क्लव अफ बुटवल खस्यौली युथको आयोजनमा सम्मान तथा दसैँ विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथि क्लवका सल्लाहकार ज्ञानु पुनले दशैको शुभकामना व्यक्त गर्दै यसपालिको दशै सबै आ आफ्नो घरमै बसेर मनाउन आग्रह गर्नु भएको छ । कार्यक्रममा पुर्व लियो ३२५ वि २ डिस्ट्रिक प्रेसिडेन्ट सरोज कन्डेल र पुर्व अध्यक्ष  राजिव जंग कुवरलाई प्रमाण पत्र सहित सम्मान गरिएको छ ।कार्यक्रम क्लवका अध्यक्ष दिपक खरेलको स्वागत मन्तव्य, आर सि योगेश भट्टराईको अध्यक्षता र क्लबका सचिव सुदर्शन बस्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्