लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

थप ३६५ जनामा कोरोना संक्रमण, ६०९ संक्रमणमुक्त

IMG

तिलोत्तमा सिटी,२७ असोज २०७८। पछिल्लो २४ घण्टामा ३६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।३ हजार ६ सय ७१ पीसीआर परीक्षण गर्दा ३२६ जना र १ हजार ९२३ एन्टिजेन परीक्षण गर्दा ३९ गरी ३६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने ६०९ जना निको भएका छन् ।शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ३ हजार ८७८ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार २६१ पुगेको छ भने ७ लाख ७८ हजार ३५० जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २६७ जना रहेका छन् । जसमध्ये १३ हजार १७२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ९५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३१५जना आईसीयू र १०७ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २३२ जना क्वारेन्टीनमा रहेका छन् ।यस्तै १० वर्ष मुनिका ७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३५ जना कोरोना संक्रमित थपिएका छन् ।

कमेन्ट गर्नुहोस्