
तिलोत्तमा सिटी,२३ असोज २०७८। जनभावना माध्यामिक विद्यालयले नेपाल सरकारले प्रदान गर्ने विभिन्न छात्रवृत्तिमा नाम निकाल्न सफल भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ । विद्यालयले आज एक कार्यक्रमको आयोजना गरी एमबिबिएस/बिडिएस र बिएस्सी एजीमा छात्रवृत्तिमा नाम निकाल्न सफल तीन जना विद्यार्थीहरुलाई सम्मान गरेको हो । विद्यालयबाट माध्यामिक तह उत्तीर्ण गरेका सुजाता कठेरियाले २०७८ मा एमबिबिएस/बिडिएस, भुवन थारुले २०७५ मा विएस्सी एजी र शुभेच्क्षा ढकालले २०७६ मा बिएस्सी एजीमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा वडा नम्बर ८ का अध्यक्ष कृष्ण प्रसाद पौडेलले सफल विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै शुभकामना ब्यक्त गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस्