लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गंगोलियामा स्तन तथा पाठेघर क्यान्सरबारे सचेतना

IMG

तिलोत्तमा सिटी,२० असोज २०७८। विश्व स्तन क्यान्सर दिवस महिनाको अवसर पारेर रुपन्देहीको तिलोत्तमा गंगोलियामा स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको बारेमा सचेतना कार्यक्रम गरिएको छ ।ग्राणिम बस्तिमा रहेका महिलाहरुमा सरसफाई र स्वास्थ्य सचेतना अभावका कारण हुने स्वास्थ्य समस्या र त्यसले नित्याउने स्तन र पाठेघर खस्ने समस्या र त्यसको क्यान्सरका बारेमा लायन्स क्लव अफ बुटवल मणि उजेश र लायन्स क्लव अफ बुटवल फ्लोरेन्सले संयुक्त रुपमा कार्यक्रम गरेका हुन् ।महिलाहरुलाई स्तन र पाठेघरमा हुने संक्रमण र त्यसले नित्याउने जोखिम र जोखिमपछि हुन सक्ने मृत्युदर घटाउन पनि सचेतना आवश्यक भएकाले तिलोत्तमाको गंगोलियालाई ग्रहण गरेको मणि उजेशले फ्लोरेन्ससँगको सहकार्यमा गंगोलियामा क्यान्सर बारे सचेतना कार्यक्रम गरेको मणि उजेशका अध्यक्ष प्रविना घिमिरेले जानकारी दिनुभयो । लायन्स क्लव ईन्टरनेशनल ३२५ बीटुका डिष्ट्रिक एक्जुकेटिभ चिफ सुनिता श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय झण्डै एकसयजति महिलालाई पाठेघर खस्ने समस्या र स्तन क्यान्सरका बारेमा सचेत पारिएको लायन्स क्लव अफ बुटवल फ्लोरेन्सका चार्टर्ड प्रसिडेन्ड सुनिता पाण्डेले जानकारी दिनुभयो ।


सन्जिवनी मेडिकल कलेजका प्राध्यापक सुस्मीता श्रेष्ठले स्तन क्यान्सरका बारेमा र  देवदह मेडिकल कलेजका नर्सिङ्ग प्राध्यापक तृष्णा बज्राचार्य,  लुम्विनी प्रादेशिक अस्पतालका नर्सिङ्ग इन्चार्ज विष्णु पन्थीले पाठेघर खस्ने समस्या र क्यान्सरका बारेमा सहजिकरण गर्नु भएको लायन्स क्लव अफ बुटवल फ्लोरेन्सका सचिव शान्ता भण्डारीले जानकारी दिनुभयो । यसैबीच मणि उजेशले ग्रहण गरेको तिलोत्तमाको गंगोलिया गाउँका पाँच दर्जनबढी परिवारका सदस्यहरुलाई लत्ता कपडा वितरण गरिएको छ ।मणिउजेश र लायन्स क्लव अफ बुटवलको फ्लोरेन्सको सहकार्यमा लत्ता कपडाको अभाव देखिएका स्थानीय महिला तथा बालबालिकाहरुलाई कपडा वितरण गरिएको क्लवका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । कपडा वितरण कार्यक्रमका लागि क्लवका सदस्य सिभाङ्गी गुरुङ्ग, रुबी रेग्मी, प्रिया कसौधन र  सिमा बस्याल सहयोग गर्नु भएको क्लवले जनाएको छ ।मणि उजेशले हालै स्पोन्सर गरेको  फ्लोरेन्स क्लवसँगको  सहकार्यमा कार्यक्रम गरेको र आगामी दिनमा गंगोलीमा निरन्तर सामाजिकसँगै सचेतनात्मक कार्यक्रम गर्ने बताएको छ ।

कमेन्ट गर्नुहोस्