लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप एक साथ डाउन

IMG

तिलोत्तमा सिटी,१८ असोज २०७८। नेपाल लगायतका मुलुकमा लोकप्रिय मानिएको सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप एकै पटक डाउन भएको छ । सोमबार साँझ एक्कासी फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप चल्न छाडेपछि प्रयोगकर्ताहरूले ट्वीटरमार्फत गुनासो ब्यक्त गरेका छन् ।सोमबार राति करिब साढे ९ बजेपछि फेसबुक र त्यससँग सम्बन्धित कम्पनी इन्स्टाग्राम र ह्वाट्सएप नखुलेको प्रयोगकर्ताहरुले गुनासो गरेका छन् ।विभिन्न प्रयोजनका लागि ती सञ्जाल खोल्न खोज्दा नखुलेको । कतै इन्टरनेट सुविधा नभएको त कतै केहि बेर प्रतिक्षा गर्नु होला भन्ने सन्देश आएको प्रयोगकर्ताहरुले बताएका छन् । समाचार लिङ्कहरु ती सञ्जालमा साझा गर्ने सञ्चारकर्मीहरुले पनि साझा हुन नसकेको गुनासो गरेका छन् । डाउन हुनुको कारण भने सञ्जालका सञ्चालकहरुले सार्वजनिक गरेका छैनन् ।

कमेन्ट गर्नुहोस्