लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मेसु ढकालद्वारा पदभार ग्रहण, सेवाको विस्तार गर्ने प्रतिबद्धता

IMG

तिलोत्तमा सिटी,१८ असोज २०७८।  लुम्बिनी प्रादेशिक अस्पतालका नवनियुक्त निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालले सोमबार पदभार ग्रहण गरेका छन् । एक समारोहकाबीच डा. ढकालले पदभार ग्रहण गरे । उनलाई अस्पताल प्रमुखको कक्षमा अस्पताल विकास समितिका अध्यक्ष सुर्यबहादुर भट्टराई र निवर्तमान मेसु डा. राजेन्द्र खनालले खादा ओढाएर स्वागत गरेका थिए ।


पदभार ग्रहण गर्दै निमित्त मेसु ढकालले सरकारले घोषणा गरेको सर्वसुलभ स्वास्थ्य सेवा र नागरिकको निःशुल्क स्वास्थ्य अधिकारलाई परिपालना गर्ने प्रतिवद्धता ब्यक्त गरे । उनले अस्पतालसँग भएको साधन र स्रोतलाई परिचालन गरी अस्पतालको आयस्रोत वृद्धिको व्यवस्था गरिने बताए । उनले अस्पतालमा उपलब्ध हुन नसकेको सेवाको विस्तार गरिने बताए ।प्रदेश सरकारले अस्पतालका मेसु डा. राजेन्द्र खनाललाई हटाएर अघिल्लो साता मात्र डा. ढकाललाई निमित्त मेसुमा नियुक्त गरेको थियो । यसअघि शंकर पोखरेल नेतृत्वको अघिल्लो सरकारले डा. ढकाललाई मेसुमा नियुक्त गरे पनि प्रमुख सचिवले निर्णय प्रमाणीकरण नगर्दा कार्यान्वयन हुन सकेको थिएन्।


त्यतिबेला प्रदेश सरकारले निजी मेडिकल कलेज सञ्चालकलाई मेसू नियुक्त गरको भन्दै सरकारको आलोचना भएको थियो । अहिले गठबन्धन सरकारले पनि उनै ढकाललाई निमित्त मेसूमा नियुक्त गरेको हो ।कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष सुर्य भट्टराई र निवर्तमान मेसु डा. खनालले सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्