
तिलोत्तमा सिटी,१६ असोज २०७८। लायन्स क्लव अफ बुटवल देउराली साकुराद्वारा श्री सिद्धबाबा वृद्दआश्रम बुटवल-२ पाखापानीमा खाना खुवाउने कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लव अफ बुटवल देउराली साकुराका अध्यक्ष कमला जोशीको अध्यक्षता तथा पुर्व गभर्नर तथा एमजेएफ लायन्स महेन्द्र नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सो खाना खुवाउने कार्यक्रममा बिशिष्ठ अतिथि एरिया चिफ लायन जिबन गौतम, जोन चेयर पर्सन तथा क्लबका सस्थापक अध्यक्ष लायन टिकाराम बन्जाडे , एक्स्टेन्सन चेयर पर्सन एमजेएफ लायन ज्ञानु प्रसाद पौडेल, गाईड लाइनर लायन अर्जुन पाण्डे, सिद्धबाबा बृद्ध आश्रमका संचालक तथा ब्यबस्थापक कृष्ण रेग्मी, लगाएतको उपस्थित रहेको थियो ।
समाजमा आफुभन्दा कम भाग्यशालिलाई सेवा गर्ने उदेश्यका साथ् क्लवले बृद्धआश्रममा खाना खुवाउने कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमा वोल्दै क्लबका पुर्व गभर्नर तथा एमजेएफ लायन्स महेन्द्र नारायण श्रेष्ठले भन्नुभयो “मानिस जन्मनु एक संयोग हो र संयोगबस पाएको त्यो जीवनमा निरन्तर समाज परिवर्तनका लागि लागिरहनु उस्को दायित्व हो र जसले आफ्नो परिवार आफ्नो समाज साथै देश नै परिवर्तन गर्ने लक्ष्य लिएर अगाडि बढ्दछ उ जन्मीएको पुर्ण महत्व राख्दछ” । सामाजिक सेवामा क्रियाशील लायन्स क्लबले समाजमा खेलेको भूमिका तारिफ योग्य भएको भन्दै लायन श्रेष्ठले निरन्तर सामाजिक सेवामा लाग्न प्रेरणा दिनुभयो।
यसैगरी धन्यवाद तथा आभार मन्तव्य राख्दै लायन्स क्लव अफ बुटवल देउराली साकुराकी अध्यक्ष लायन कमला जोशीले समाज सेवासंगै आश्रममा रहेका वृद्ध बुवाआमासंग क्लबको पहिलो कार्यक्रमको खुसी साटासाट गर्न पाएकोमा अत्यन्तै खुसि भएको कुरा महसुस गरेको बताउनुभयो। आगामी दिनमा समेत सामजिक कार्यमा अग्रशील हुने बताउदै अध्यक्ष जोशीले क्लबको कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रमको संचालन क्लवका सचिब सरिता पाण्डेले गरेकी थिइन् ।
कमेन्ट गर्नुहोस्