लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

८९२ जनामा कोरोना संक्रमण, १११३ जना संक्रमणमुक्त

IMG

तिलोत्तमा सिटी, असोज १४ गते २०७८। नेपालमा पछिल्लो २४ घण्टामा थप ८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८९२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ७९४१६३ पुगेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा १११३ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७६४८४७ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १११२३ पुगेको छ । क्वारेन्टाइनमा २४४ जना रहेका छन् भने आइसोलेसनमा १८१९३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।


कमेन्ट गर्नुहोस्