लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रादेशिक अस्पतालको निमित्त मेसुमा डा. ढकाल

IMG

तिलोत्तमा सिटी,१४ असोज २०७८।  लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाललाई हटाएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद वैठकले डा. इन्द्र ढकाललाई निमित्त मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गर्ने निर्णय गरेको हो । डा. खनाललाई कोभिड अस्पताल संचालन तथा व्यवस्थापन समितिको संयोजक बनाइएको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए ।यसअघि शंकर पोखरेल नेतृत्वको सरकारले जाँदाजाँदै साउन २७ गते डा. खनाललाई मेसुबाट हटाउने निर्णय गरेको थियो । तर मुख्य सचिवले उक्त निर्णय माइन्युट गरेका थिएनन् ।


मन्त्रिपरिषद्को शुक्रबारको  बैठकले प्रदेशमा कोभिड-१९ महामारीको व्यवस्थापन गर्न कोभिड विशेष अस्पताल सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।यस्तै बाँके जिल्लाको बैजनाथ गाउपालिका, रुकुम पूर्वको भूमे तथा पुथा उत्तरगंगा गाउँपालिकाका वडाहरुलाई थपघट/ समायोजन गर्ने तथा पाल्पा जिल्ला बगनासकाली गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने सम्बन्धी प्राप्त प्रस्ताव संघीय सरकार समक्ष पठाउने निर्णय वैठकले गरेके प्रवक्ता खड्काले बताए ।

कमेन्ट गर्नुहोस्