लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘श्वेतशार्दुलः मदन भण्डारीको जीवन’ बजारमा

IMG

तिलोत्तमा सिटी,७ असोज २०७८। लेखक रमेश रुछेन राईद्वारा लिखित ‘श्वेतशार्दुलः मदन भण्डारीको जीवन’ पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेका छन् ।पुस्तकमा टिप्पणी गर्दै नेकपा (एमाले)की नेता विन्दा पाण्डेले मदन भण्डारीको जीवनी आजका पुस्ताले पढ्नै पर्ने सामग्री भएको र त्यसका लागि यो पुस्तक धेरै सहयोगी हुने बताइन् ।


पुस्तकका विभिन्न खण्डमा भएका प्रसंगहरुलाई उल्लेख गर्दै नेता पाण्डेले मदन भण्डारी प्रशंसा भन्दा स्वच्छ आलोचनालाई प्रोत्साहन गर्ने व्यक्ति भएको उल्लेख गरिन् ।अर्का टिप्पणीकार पूर्व सभामुख दमननाथ ढुंगानाले नेपाली कम्युनिस्ट आन्दोलनमा मदन भण्डारीको योगदान बुझ्न युवा पुस्ताले यो पुस्तक पढ्नै पर्ने बताए नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस्तकका लागि लेखकले गरेको मिहिनेत प्रशंसनिय रहेको बताए।लेखकले उल्लेख गरेका सन्दर्भ सामग्री, पुगेका ठाउँहरु, भेटेका मान्छेहरुले पुस्तकलाई तथ्यसँग नजिक्याएको उनको भनाइ थियो। पुस्तक सांग्रिला बुक्सले प्रकाशन गरेको हो ।


कमेन्ट गर्नुहोस्