लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको राममणिमा अभिमुखीकरण

IMG

तिलोत्तमा सिटी,४ असोज २०७८। रुपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा स्नातकोत्तर तह अन्तर्गत एम.बी.एस.का विद्यार्थीका लागि पाठ्यक्रम तथा कक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । एम.बी.एस. कार्यक्रम कार्यक्रम संयोजक राजेन्द्र थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले उत्कृष्ट एवम् गुणस्तरीय शिक्षाका लागि संस्थाले काम गर्दै आएको बताए ।


मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको कार्यक्रममा एम.वी.एस. कार्यक्रम प्रमुख राजेन्द्र थापामगर, व्यवस्थापन संकाय प्रमुख खुमकान्त पाण्डे, डा. अशोक भण्डारी लगायतले अभिमुखीकरण प्रशिक्षण दिएका थिए । अभिमुखीकरण कार्यक्रममा एम.वी.एस. पहिलो सेमेष्टरका ७६ जना विद्यार्थीको सहभागिता रहेको प्राध्यापक विष्णुप्रसाद भुसालले जानकारी दिए । कार्यक्रममा सहायक क्याम्पस प्रमुख जगन्नाथ बस्याल, नरेश भण्डारी लगायतले मन्तव्य राखेका थिए भने विद्यार्थीहरूले आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए।

कमेन्ट गर्नुहोस्