लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी मिडिया हवको कार्यालय समुद्घाटन

IMG

तिलोत्तमा सिटी,३ असोज २०७८।  सत्य तत्य समाचारले मात्र समाजको रुपान्तरण गर्ने एक कार्यक्रमका  बक्ताहरुले बताएका छन । उनीहरुले अहिलेका सञ्चार माध्यमबाट पत्रकारले सहि र सत्य समाचार बाहिर ल्याउन पर्ने बताएका हुन । लुम्बिनी मिडिया हव तिलोत्तमा ५ मणिग्राम रुपन्देहीको कार्यलय समुद्घाटन  कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले सञ्चार माध्यमहरुले सहि र सत्य कुरालाई बाहिर ल्याउन आग्रह गर्नु भएको छ । उहाँले अहिले पनि  खास बिषय र समुदायको कुरा बाहिर आउन नसकेको भन्दै अब समाचारको स्रोत ति कुराहरु बन्नुपर्ने बताउनुभयो ।  तिलोत्तमा नगरको विकासमा अहोरात्र खटिएका उहाँले समग्र तिलोत्तमाको विकासमा मिडियाले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो ।


कार्यक्रममा नगर उपप्रमुख जागेश्वरी   चौधरीले तिलोत्तमामा थप एक मिडिया स्थापना भएको भन्दै तिलोत्तमा सहकार्य गर्न तयार रहेको बताउनुभयो ।उहाँले आझेलमा परेका विषय वस्तुलाई सञ्चार माध्यमबाट प्रकाशन प्रशारण एउटै मिडिया मार्फत  गर्न खोजिएको प्रति खुसी ब्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै नेकपा एमालेका क्षेत्र नं १ का संयोजक तथा १६।३६ सयुक्त  सिंचाई प्रणलीका सभापति यज्ञ गैरेले मिडिया आवाज बिहिनको आवाज बन्न सक्नु पर्ने बताउनु भयो । गैरेले मिडिया सञ्चालन आफैमा  चुनौतिपुर्ण रहेको भन्दै युवाहरुको सक्रियातामा संस्था सञ्चालन हुनु खुसीको कुरा भएको बताउनुभयो ।


नेकपा माओवादी केन्द्रका अध्यक्ष लक्ष्मण खनालले सञ्चार क्षेत्र निष्पक्ष हुनुपर्ने बताउनुभयो । उहाँले अहिले मिडिया क्षेत्र पार्टी र ठुला वडाहरुको कब्जामा रहेको भन्दै आस्थाको आधारमा पत्रकारिता हुनु दुखद रहेको दाबी गर्नु भयो ।तिलोत्तमा मिडिया क्लवका अध्यक्ष लक्ष्मण पौडेलले पत्रकारीतामा थुप्रै चुनौती रहेको दाबी गर्नु भयो । सस्थाका उपाध्यक्ष सुवास खत्री स्वागत , मोहन बेल्बासेको  धन्यवाद ज्ञापन ,अध्यक्ष टेकबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यालय प्रमुख प्रकाश गौतमले गर्नु भएको थियो । 

कमेन्ट गर्नुहोस्