लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शुक्रबार चीनबाट ४४ लाख कोरोना खोप आयो

IMG

तिलोत्तमा सिटी,२ अशोज २०७८। सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको ४४ लाख डोज कोरोनाविरुद्धको खोप शुक्रबार एकै पटक काठमाडौं आइपुगेको छ । आगामी सोमबार (४ असोज) देखि नागरिकलाई लगाउन थालिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।सरकारले सिनोफार्मसँग एक करोड (पहिलो चरणमा ४० लाख र दोस्रो चरणमा ६० लाख) खोप खरिद गरेको थियो । खरिद गरेको सबै खोप आइपुगेको छ ।एकै खेपमा ठूलो परिमाणमा खोप प्राप्त भएकाले ४ गतेदेखि १४ गतेसम्म अभियानकै रुपमा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको अधिकारीहरु बताउँछन् । 


कति खोप भित्रिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म १ करोड ७७ लाख ५८ हजार ७१० डोज खोप भित्रिएका छन् । यसमा २४ लाख ४८ हजार डोज कोभिशिल्ड, १९ लाख ७५ हजार ८६० डोज एस्ट्रेजेनेका, १५ लाख ३४ हजार ८५० डोज जोन्सन एण्ड जोन्सन र १ करोड १८ लाख डोज भेरोसेल खोप छन् ।एक करोड भेरोसेल र १० लाख कोभिशिल्ड खरिद गरिएको हो । भारतसँग खरिद गरिएको १० लाख खोप अझै आएको छैन। बाँकी खोप अनुदानमा आएको हो । चीनले अनुदानमा दिने घोषणा गरेको १६ लाख खोप पनि आउन बाँकी छ ।


कतिले लगाए खोप ?

मन्त्रालयका अनुसार नेपालमा पूर्ण खोप पाउनेको संख्या ५५ लाख ७ हजार ३८० पुगेको छ । उनीहरुमध्ये १४ लाख १५० जनाले एक डोज मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् ।मनाङ र मुस्ताङमा १८ वर्षभन्दा माथि उमेर समूहका सबै नागरिकले खोप पाइसकेको जिल्लास्थित स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।यस्तै पहिलो डोज लगाएका र दोस्रो डोज खोपको पर्खाइमा १९ लाख ७५ हजार ८९४ जना नागरिक छन् ।

कमेन्ट गर्नुहोस्